कलैया जेसिज कप : बारा लाई पराजित गर्दै मकवानपुर विजयी

गढीमाईखवर डट कम
पढ्न लाग्न समय 1 मिनेट

सन्दीप यादव,कलैया । कलैया सिटि जेसिज द्घारा आयोजित एक दिवसीय त्रिकोणिय क्रिकेट प्रतियोगिताको शुक्रबार भएको खेलमा बारा लाई पराजित गर्दै मकवानपुर विजयी भएको छ । कलैया क्रिकेट कल्बले टस जितेर ब्याटिङ गर्दै ३८.२ ओभरमा सम्पूर्ण बिकेट गुमाउदै १५५ रन बाएको थियो । जसमा अनिल साहले ५७ रन,त्रितराज दासले ३६ र अर्निको यादवले १२ रन गरेका थिए ।

त्यस्तै मकवानपुर क्रिकेट कल्बले ३०.५ ओभरमा ८ बिकेट गुमाई जित हासिल गरका हो । मकवानपुर क्रिकेट कल्बको तर्फबाट गौरभ कुमारले ४४ रन , बिशाल फुईयालले ३५ र रामनरेश गिरीले १८ रन बनाएका थिए ।

शुक्रबार भएको खेलको मैन अफ दि मैच मकवानपुर क्रिकेट कल्बका रामनरेश गिरी भएका हुन । उनलाई कलैया सिटि जेसिजका उपाध्यक्ष जेसि. आदिल अंसारीले प्रदान गरेका हुन । प्रतियोगिताको फाईनल खेल शनिवार मकवानपुर क्रिकेट कल्ब र कलैया क्रिकेट कल्ब बिच हुनेछ ।

ट्यागहरू :
साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *