बारा प्रहरीद्धारा छठ पर्व लक्षित सुरक्षा योजना सार्वजनिक

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 80
पढ्न लाग्ने समय : 2 मि.

संदिप प्रसाद यादव
तराई मधेसको विशेष पर्वको रुपमा रहेको छठ पर्वमा हुनसक्ने घटनालाई नियन्त्रण गर्न बारा प्रहरीले सुरक्षा योजना बनाएको छ ।
छठ पर्वलाई लक्षित गरेरै जिल्ला प्रहरी कार्यालय बाराले विहीवार सुरक्षा व्यवस्था योजना सार्वजनिक गरेको हो ।
छठ पर्वमा सर्वसाधारणको सुरक्षा तथा सहजीकरणका लागि जिल्ला प्रहरीले १३ बुदें सुरक्षा व्यवस्था योजना बनाएको जनाएको छ ।
पर्वमामा खासगरी चोरी र दुर्घटना लगायतका घटना हुने भएकोले विशेष सुरक्षा योजना तयार पारिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता एवम् प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिएका छन ।
जिल्ला प्रहरी कार्यालय एक विज्ञप्ती जारी गर्दै आस्था र विश्वासको छठ पर्वको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पुर्ण नेपाली दिदीबहिनी,दाजुभाई तथा बारा बासिहरूमा सुख,शान्ति र समृद्धिका लागि मंगलमय शुभकामना समेत व्यक्त गरेको छ ।
उनले भने जिल्लाको विभिन्न ५१ ठाँउमा चेकजाँज ड्यूटी परिचालन,प्रत्येक दिन कम्तिमा ५० वटा गस्ती टोली परिचालन,४ ठाँउमा यात्रु सहायता कक्ष सञ्चालन,साईकल गस्तीको सुरूवात,सादा पोसाकमा जनशक्ति परिचालन,सिमानाकामा विशेष निग्रानी,सवारी साधन चेकजाँचमा कडाई,यात्रु भाडामा निरन्तर अनुगमन,धर्मिक कार्यहरुमा सुरक्षार्थ प्रहरी जनशक्तिको अनिवार्य परिचालनको व्यवस्था,प्रत्येक दिन नँया ठाँउमा सर्पराइज चेकिङ्गको व्यवस्था,आर्थिक अपराध तथा गैर कानुनी गतिविधिमा कडाई तथा जिल्लामा रहेको पोखरी र नदीहरूमा विशेष सुरक्षा व्यस्था मिलाउने मुख्य योजना रहेको बताए ।
छठ पर्वको समयमा आफ्नो गन्तव्य तर्फ जाने यात्रुहरूले भोग्ने गरेको समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको सहायता कक्षबाट यात्रुहरुले लाभ लिने प्रवक्ता न्यौपानेले बताए ।
उनले समस्या परेको खण्डमा सोझै यात्रु सहायता कक्षामा पुगेर त्यहाँ खटाइएका प्रहरी प्रतिनिधिलाई वा ९८५५०४८१०१,९८५५०४५१०१ मा सम्पर्क गर्न यात्रुहरूसँग पनि आग्रह गरेका छन् ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।