प्रहरी उपरिक्षकको फोन स्विच अफ हुदा ६ वटा टाँका लाग्यो

गढीमाईखवर डट कम
पढ्न लाग्न समय 2 मिनेट

नेपाल प्रहरीको फोन स्विच अफ हुदा एक जना पिडितको टाउकोमा ६ वटा टाँका लागेको रहस्य बाहिर आएको हो ।

प्रहरी उपरिक्षक होविन्द्र बोगटीको फोन स्विच अफ हुदा महागढिमाई नगरपालिका वडा नम्वर ५ बस्ने वर्ष ३२ का रामाशंकर यादवको टाँउकोमा ६ वटा टाँका लागेको छ ।

आपसी घरको विवाद हुदा दुई जना बिच भएको झगडामा परि यादवको टाउको फुटेको थियो ।

रक्तमय अवस्थामा प्रादेशिक अस्पताल कलैयामा आएर ८ वटा टाँका लागेको यादव बताउँछन् ।

मेरो आफन्त पर्ने ले नालाको पानी अव्यस्थित तरिकाले छोडेको र पर्वमा पनि त्यस्तै गरिरहेकोले समझाउदा गाली गलौज शुरु गरेको पिडित यादव बताउछन ।

झगडा उग्र रुप नलियोस भनेर अगाडि नै प्रहरीलाई जानकारी गराउ भनेर प्रहरी उपरिक्षकको मोवाईलमा कल गर्दा स्विच अफ देखाएको उनले बताए ।

समाजिक संजालमा प्रहरी मेरो साथी कुनै पनि समस्या पर्दा सिधै मलाई ९८५५००५५५५ मा कल गर्नुस भनेर समाजिक संजालमा नम्वर राखेर प्रचार गरेका प्रहरी उपरिक्षकको सस्तो लोकप्रियताले आज आफु मर्न तुल्य पिटाई खाएको बताए ।

उनले भने एक दिन समाजिक संजालमा हेरे कुनै समस्या पर्दा सिधै मलाई कल गर्नुस प्रहरी पाँच मिनेटमा पुग्छ भनेर प्रचार गर्नेले फिल्मी शैलीमा टाँउको फुटे पछि घटनास्थलमा पुगेको उनले बताए ।

प्रहरी उपरिक्षक जस्तो संवेदनशिल अंगको मोवाईल किन स्विच अफको प्रश्नमा चार्ज सकेर अफ भएको भनेर गैर जिम्मेवारीपुर्ण जवाफ दिएका छन् ।

जिल्लाको शान्ति सुरक्षाको सम्पुर्ण जिम्मेवारी बोकेका सुरक्षा अधिकृतको यसरी मोवाईल स्विच अफ हुदा जिल्लावासी कतिको सुरक्षित छन, भनेर सजिलै अनुमान लगाउन सकिन्छ । एक जना प्रहरी अधिकृतका अनुसार प्रहरी उपरिक्षक काम भन्दा पनि दाममा ध्यान दिएको बताए ।

उनि जिल्लाको सबै चौकीमा आफुलाई पायक पर्ने अधिकृत राखेर वसुलीमा ध्यान दिएकोले नै दुवैको तालमेल मिल्न नसककेकोले प्राय बिदामा बस्ने गरेको बताउँछन ।

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *