‘बिटु मिनिरल वाटर’ उद्योगका सञ्चालक बिटु गुप्ता ठगीको आरोपमा पक्राऊ

गढिमाइ खबर
पढ्न लाग्न समय 1 मिनेट

बाराको जीतपुर निवासी एक युवा उद्योगी ब्यवसायी ठगीको आरोपमा पक्राऊ परेका छन् ।

करिब एक करोड ठगी गरेको आरोपमा ‘बिटु मिनिरल वाटर’ उद्योगका सञ्चालक पानी उद्योगी बिटु गुप्तालाई प्रहरीले पक्राऊ गरेको हो ।

प्रहरीले वीरगञ्जको बिर्ता एरियाबाट ‘बिटु मिनिरल वाटर’ उद्योगका सञ्चालक गुप्तालाई पक्राउ गरेको हो ।बहुदरमाइ नगरपालिकाका सोनामति देबीले उनको विरोधमा जाहेरी दिएकी थिइन् । प्रहरीका अनुसार गुप्ता माथि ९५ लाख ठगीको मुद्दा दर्ता छ ।

त्यही आधारमा बिटु गुप्तालाई पक्राउ गरिएको पर्सा प्रहरीका प्रमुख कोमल शाहले बताए । पक्राउ परेका बिटुलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *