नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाराले एक प्रेस विज्ञप्ति गारी गर्दै स्वर्णकार हत्या घटनाको सत्य तथ्य छानबिन गरी अपराधिलाई कडा भन्दा कडा सजायको माग गरेको छ ।
बाराको कलैयामा रहेको बाल एकता इंगलिश बोर्डिङ स्कुलका प्रिन्सिपल ३९ वर्षीय रुपेश स्वर्णकारको कायरता पूर्ण ढंगले गोली प्रहार गरी हत्या गरिएको भन्दै नेकपा एमाले बाराले घोर भत्सर्ना गरेको छ ।
एमाले बारा अध्यक्ष विनोद साहले मंगलवार एक प्रेस विज्ञप्ती जारी गर्दै यसरी घटनाको भत्र्सना गरेका हुन । घट्नामा दिवंगत हुनु भएका रुपेश कुमार सर्राफ प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवार जनमा गहिरो संवेदना प्रकट गरेको एमाले बाराले जाएको छ ।
साथै घटनाको छिटो भन्दा छिटो सत्य तथ्य छानबिन गरी त्यस्ता अपराधिलाई कडा भन्दा कडा सजायको माग गरिएको छ ।
जिल्लाको सदरमुकामको व्यस्त स्थानमा नै मध्य दिनमा यस्ता खाले घटना घटनुले नेपाल सरकार,सुरक्षा संयन्त्र र प्रशासन बृतमा ठूलो चुनौती समेत देखिएको हुँदा अभिलम्ब अपराधी समूहको खोजीमा कुनै कसर बाँकि नराखि कानुनी दायरामा ल्याईयोस भनी नेकपा (एमाले) बाराले जोडदार माग गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।