बाराको कलैयामा उपमहानगरपालिकामा सात्ता साझेदारका उम्मेदवारले संयुक्त रुपमा मनोनयन दर्ता गराएका छन ।
गठबन्धनको केन्द्रीय निणर्य अनुसार कलैया उपमहानगरपालिकाको नगर प्रमुखमा नेपाली काँग्रेसको तर्फबाट राजेशराय यादव र जनता समाजवादीको तर्फबाट प्रमोद गुप्ताले उम्मेदवारी दर्ता गराएका छन ।
यादव र गुप्ताले सोमावर निर्वाचन अधिकृतको कार्यालयमा पुगेर संयुक्त रुपमा उम्मेदवारी दर्ता दिएका हुन ।
प्रमुख पदमा उम्मेदावरी दिएका यादव २०७४ को स्थानीय निर्वाचनमा नेपाली काँग्रेसबाट नै प्रमुख पदमा निर्वाचित भएका थिए ।
उनी नेपाली काँग्रेस बाराका जिल्ला सभापति समेत रहेका छन ।
यता उपप्रमुख पदमा उम्मेदवारी दिएका जसपाका नेता पहिलो गुप्ता संविधानसभामा निर्वाचित सभासद् हुन ।
यसैगरी कलैया उपमहानगरपालिकामा नेकपा एमालेको तर्फबाट प्रमुख पदमा विनोद साह र उप प्रमुख रौशन प्रविनले उम्मेदवारी मनोनयन दर्ता गराएका छन ।
प्रमुख पदका उम्मेदार साह नेकपा एमालेका जिल्ला अध्यक्ष हुन भने उनी २०७४को स्थानीय निर्वाचनमा पनि एमालेबाट प्रमुख पदमा उम्मेदवार बनेका थिए ।