सिप सिकाएर प्रबिधि हस्तान्तरण गर्दै जीतपुरसिमरा

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 622
पढ्न लाग्ने समय : 2 मि.

रञ्जन यादव/
जीतपुरसिमरा उपमहानगरपालिकाले सर्बसधारणलाई सिप सिकाएर लघु उद्यमी बनाई प्रबिधि हस्तान्तरण गरिरहेको छ ।

आर्थिक अवस्था कमजोर भएका ब्यक्तिहरुलाई स्वालम्बी बनाउँन तरकारी खेती ,केरा खेती ,चाउमिन, सरफ ,सिलाईकटाई ,सस, बनाउँने तरिका ,ब्युटिपालर ,पशुपालन ,गार्मेन्ट लगायतको तालिम प्रदान गरेको छ । सर्बसधारणलाई जीतपुरसिमरा उपमहानगरपालिकाले गरिबी निर्वारणको लागि लघु उद्यम बिकास कार्यक्रम(मेडपा) अन्तर्गत शुक्रबार ब्यवसाय गर्न सहज हुने उदेश्यले लघु उद्यमीहरुलाई उद्यम अनुसारको मेसिन ,औजार र बिभिन्न किसिमको सामग्री बितरण गरेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाले आफनो क्षेत्र भित्र रहेका ८ वटा वडाका १६ वटा लघु उद्यम समुहहरुलाई उनीहरुको ईच्छा अनुसारको सिप सिकाईसकेपछि समुहहरुलाई प्रबिधि हस्तान्तरण गरिएको मेड्पाका सहजकर्ता दिप नारायण रायले जानकारी दिनुभयो । उहाँले ८० प्रतिशतको अनुदानमा सामग्री हस्तान्तरण गरिएको बताउँनुभयो ।

नेपाल सरकारको उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालय सिँह दरबारको सहकार्यमा सञ्चालित मेडपा आर्थिक बर्ष २०७७।०७८ मा जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं.६ ,१९ ,२० र २२ मा यो कार्यक्रम लागु भएको थियो भने २०७८।०७९ मा वडा नं. ५ ,११ ,१२ र १३ मा लागु भएछ । जीतपुरसिमरा उपमहानगरपालिकाले चालु आर्थिक बर्षमा ९० जना नयाँ उद्यमी र गत साल ६० जना उद्यमी उत्पादन गरेको थियो ।

उपमहानगरपालिकाले मेडपा कार्यक्रम अन्तर्गत नया उद्यमीलाई बितरण गरेको प्रबिधिमा सस बनाउँने मेसिन ,सस प्याकिङ्गकोलागि ब्लोवर ,दुद्य क्यान ,ओभर लक मेसिन ,डिजिटल तराजु ,ईनर क्याप सिलर मेसिन ,सिलाई मेसिनको मोटर ,फिडर सहितको ड्रिङकर ,हयान्ड सिलिङ्ग मेसिन रहेको छ ।

त्यस्तै पुराना उद्यमीहरुलाई स्तरउन्नतीतर्फ बितरण गरिएको सामग्रीमा ईन्टर लक मेसिन ,दुध क्यान ,क्यारेट ,डिजिटल तराजु ,हयाण्ड सिलिङ्ग मेसिन ,थे्रडिङ्ग चेयर र स्प्रेयर रहेको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको नगर उप प्रमुख भोला अधिकारी र प्रमुख प्रशासकीय अधिकृत चेत कुमार पोख्रेलले संयुक्त रुपमा लघु उद्यमी समुहहरुलाई प्रबिधि हस्तान्तरण गरेका थिए ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।