कलैया जेसिज कप फाइनल खेलमा मकवानपुरलाई पराजित गर्दै बारा विजयी

गढीमाईखवर डट कम
पढ्न लाग्न समय 2 मिनेट

सन्दीप यादव कलैया । कलैया सिटि जेसिज द्घारा आयोजित कलैया जेसिज कप एक दिवसिय त्रिकोणिय क्रिकेट प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा बाराले मकवानपुरलाई पराजित गर्दै विजयी भएको छ ।

कलैया क्रिकेट कल्बले टस जितेर पहिलो ब्याटिङ गर्दै ४० ओभर खेल्दै ९ बिकेट गुमाई जम्मा २१२ रन बाएको थियो । कलैया कल्बको तर्फ बाट अनिल साहले ४४ रन,कुमार थापाले २९ र अर्निको यादवले २६ रन गरेका थिए ।

त्यस्तै मकवानपुर क्रिकेट कल्बले ३७.१ ओभरमा सम्पुर्ण बिकेट गुमाई १९२ रन बनाएको थियो । मकवानपुर क्रिकेट कल्बको तर्फबाट शुभ कर्णस्कारले ७९ रन बाएका थिए भने गौरब खड्काले २८ र टकस्क सिमखाडाले २६ रन बनाएका हुन् ।

आजको फाइनल खेलमा मैन अपदि मैच/ मैन अपदि सिरिज कलैया क्रिकेट कल्बका अनिल शाहलाई प्रदान गरिएको हो । प्रतियोगिताको बेस्ट बलर मकवानपुर क्रिकेट कल्बका राम नरेश गिरि र प्रतियोगिताको बेस्ट ब्याट्सम्यान कलैया क्रिकेट कल्ब त्रित राज दासलाई प्रदान गरिएको थियो ।

विजेतालाई कलैया उपमहानगरपालिका का मेयर विनोद साह ले ट्रफी प्रदान गरेका थिए । शनिबार भएको फाइनल खेलमा बारा निर्वाचन क्षेत्र नम्बर ३ ( क) का प्रत्यासी मुकेश साह , कलैया सिटि जेसिज २०२२ का अध्यक्ष सन्दिप बरै , पुर्व अध्यक्ष धनिलाल सराफ , शम्भु गुता , बिपिन चौधरी , कलैया सिटि जेसिजका उपाध्यक्ष आदिल अन्सारी, कार्यकारी उपाध्यक्ष सुभाष जयसवाल लगायतको उपस्थिति रहेको थियो ।

ट्यागहरू :
साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *