नेप्सेमा हरियाली छायो- ६४ अङ्कको उछालसँगै कारोबारमा पनि उच्च वृद्धि

गढीमाईखबर डेस्क काठमाडौँ, ५ चैत/ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज उल्लेखनीय रूपमा बढ्दै ६४ दशमलव ६९ अङ्कले उकालो लागेर २,८७७ दशमलव ०३ विन्दुमा पुगेको छ। यो वृद्धि २ दशमलव ३० प्रतिशत बराबर हो। बजार खुलेदेखि नै सकारात्मक रुझान देखिएको आजको कारोबारमा अधिकांश कम्पनीहरूको शेयर मूल्य बढेको छ। नेप्सेका अनुसार २४० कम्पनीको शेयर मूल्य वृद्धि […]
पर्सामा श्रीमतीमाथि कुटपिट तथा अंगभंग, आरोपित पति फरार

गढीमाईखबर डेस्क पर्सा, ५ चैत / पर्साको पर्सागढी नगरपालिका–३, बिरुवा टोलमा एक व्यक्तिले आफ्नै श्रीमतीमाथि गम्भीर घरेलु हिंसा गरेको घटना सार्वजनिक भएको छ। स्थानीय ३० वर्षीय विशनाथ सहनीले गत चैत १ गते आफ्नी पत्नी हरिकलादेवी सहनीमाथि धारिलो हतियार प्रयोग गरी आक्रमण गर्दा उनको खुट्टामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। घाइते महिलाको हाल बारास्थित एलएस […]
देशका विभिन्न क्षेत्रमा भारी वर्षा र तीव्र हुरीको चेतावनी, सतर्क रहन आग्रह

गढीमाईखबर डेस्क काठमाडौं, ५ चैत/ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न क्षेत्रमा आगामी केही दिन भारी वर्षा, हिमपात तथा तीव्र हुरी चल्ने सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार जल तथा मौसम विज्ञान विभागले कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आगामी […]
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकामा आयोगलाई धन्यवादः राष्ट्रपति

काठमाडौँ, ५ चैतः राष्ट्रपति रामचन्द्र पौडेलले विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं भयरहित वातावरणमा सम्पन्न गरेकामा निर्वाचन आयोगलाई धन्यवाद दिनुभएको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको निर्वाचन परिणामसहितको प्रतिवेदन प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६२ बमोजिम आज बुझ्नुहुँदै उहाँले यस्तो बताउनुभएको आयोगले आज आयोजना गरेको […]
विमानस्थलमा डलर तस्करी प्रयास विफल: अमेरिकी डलरसहित तीन नेपाली पक्राउ

गढीमाईखबर डेस्क काठमाडौँ, ५ चैत/ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा विदेशी मुद्रा अवैध रूपमा बाहिर लैजान खोज्ने तीन नेपाली नागरिक पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट जम्मा २८ हजार ९०० अमेरिकी डलर बरामद गरेको जनाएको छ। पक्राउ पर्नेमा काठमाडौँकी अनिता लामा, सिन्धुपाल्चोककी सङ्गीता लामा र विनोद लामा रहेका छन्। उनीहरू चीनको ग्वाङझाउ जान लागेका बेला […]
बारामा ११० मध्ये अहिलेसम्म ३५ उम्मेदवारले मात्र बुझाए निर्वाचन खर्च

कलैया, ०५ चैत । बाराका चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका ११० जना उम्मेदवारमध्ये अहिलेसम्म ३५ जनाले मात्र निर्वाचन खर्च विवरण बुझाएका छन्। जिल्ला निर्वाचन कार्यालय बाराका जिल्ला निर्वाचन अधिकारी नवीन चौधरीका अनुसार निर्वाचन सम्पन्न भएको १० दिन बितिसक्दा पनि अहिलेसम्म ३५ जना उम्मेदवारहरुले मात्रै खर्च विवरण बुझाएका हुन्। उम्मेदवारहरूले निर्वाचन आयोग तथा जिल्ला निर्वाचन […]
गगन थापाको नाटकीय बहिर्गमन : सभापतिबाट राजिनामा

काठमाडौँ ५ चैत। नेपाली राजनीतिमा ठूलो तरंग पैदा गर्ने घटनाक्रममा गगन थापा ले नेपाली कांग्रेसको सभापति पदबाट राजीनामा दिएका छन्। निर्वाचनमा आएको अप्रत्याशित परिणामको नैतिक जिम्मेवारी लिँदै उनले पदत्याग गर्ने निर्णय गरेका हुन्। थापाले आफ्नो राजीनामा पार्टीका उपसभापति विश्वप्रकाश शर्मा लाई बुझाएका छन्। यद्यपि, उक्त राजीनामा औपचारिक रूपमा सार्वजनिक भने गरिएको छैन। पार्टीभित्रैका नेताहरूले पनि […]
हावाहुरीले निजगढमा मकै र केरावालीमा करोडौको क्षति, किसान चिन्तित

निजगढ, ४ चैत/ सोमबार आएको हावाहुरीले बाराको निजगढ तथा आसपासका सिङ्गोल क्षेत्रका किसानलाई ठूलो मार परेको छ। तीव्र हावाहुरीका कारण मकै र केरावालीमा व्यापक क्षति पुगेपछि किसानहरू चिन्तित बनेका छन् । स्थानीयका अनुसार हावाहुरीले विशेषगरी केराखेतीमा ठूलो क्षति पु¥याएको छ । सिङ्गोल क्षेत्रमा मात्रै करोडौं रुपैयाँ बराबरको केरावाली नष्ट भएको अनुमान गरिएको छ । स्थानीय […]
धनुषामा मनोज कुमार यादव ‘पुलिस अफ द मन्थ’ घोषित

श्यामबाबु यादव जनकपुरधाम,३ चैत । जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी निरीक्षक मनोज कुमार यादवलाई २०८२ साल फागुन महिनाको ‘Police of the Month’ घोषणा गरेको छ। मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर अन्तर्गत भर्ना छनौट शाखामा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी निरीक्षक यादवले फागुन महिनामा उत्कृष्ट कार्यसम्पादन गरेकाले उक्त सम्मान प्रदान गरिएको कार्यालयले जनाएको […]
इनिशा विक हत्या प्रकरणः न्यायको माग गर्दै कलैयामा दीप प्रज्वलन, दोषीलाई कडा कारबाहीको माग

श्यामबाबु यादव बारा,१ चैत्र/ सुर्खेतकी १६ वर्षीया किशोरी इनिशा बिकको हत्या प्रकरणले देशभर आक्रोश बढिरहेका बेला बाराको कलैयामा पनि न्यायको माग गर्दै युवाहरूले दीप प्रज्वलन गरेका छन्। घटनाको निष्पक्ष छानबिन र दोषीलाई कडा भन्दा कडा कारबाही गर्न माग गर्दै आइतबार बाराको सदरमुकाम कलैयास्थित भरत चोकमा स्वतन्त्र युवाहरूले दीप प्रज्वलन कार्यक्रम आयोजना गरेका हुन्। दीप प्रज्वलन […]