काठमाडौं–रक्सौल रेलमार्ग: डीपीआर तयार, कार्यान्वयन अझै बाँकी

बारा ,११ चैत । नेपाल र भारतबीच प्रस्तावित काठमाडौं–रक्सौल रेलमार्ग परियोजना नयाँ चरणमा पुगेको छ। भारतीय पक्षले १३६ किलोमिटर लामो रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिसकेको जनाएको छ। यो परियोजना सन् २०१८ अप्रिल ७ मा भएको द्विपक्षीय सहमतिअनुसार अघि बढाइएको हो, जसको उद्देश्य दुई देशबीच रेल सञ्जाल विस्तार गर्नु हो। प्रस्तावित रेलमार्ग भारतको रक्सौलबाट […]
डाक्टर रामनिवास साहकै सेटिङ: सरकारीबाट निजीमा बिरामी ट्रान्सफर

कलैया, १० चैत । बाराको कलैयास्थित प्रादेशिक अस्पताल कलैयामा कार्यरत बाल रोग विशेषज्ञ डा. रामनिवास साहमाथि सरकारी अस्पतालको आडमा आफ्नै निजी अस्पताल सञ्चालन गरी बिरामीलाई त्यहाँ पठाउने गरेको आरोप लागेको छ। अस्पतालको प्रसूति वार्डमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. राहुल मण्डल र शोभा कुमारी राजवंशीसँगको मिलेमतोमा विशेषगरी रातिको समयमा सुत्केरी बिरामीलाई विभिन्न बहाना […]
ओसिएमसी सेवा कागजमै सीमित: कलैया प्रादेशिक अस्पतालमा लापरवाहीको पोल खुल्यो

कलैया,१० चैत/ प्रादेशिक अस्पताल कलैयामा सञ्चालनमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) प्रभावकारी रूपमा सञ्चालन नभएको पाइएको छ। राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला कुमारी पाराजुलीले अनुगमनका क्रममा ओसिएमसी सेवा प्रभावकारी नदेखिएको बताएकी हुन्। जिल्ला प्रशासन कार्यालय बारामा आयोजित अनुगमन तथा छलफल कार्यक्रममा अध्यक्ष पाराजुलीले प्रादेशिक अस्पतालमै ओसिएमसी शाखा बन्द अवस्थामा भेटिएको र सम्बन्धित कर्मचारीहरू अनुपस्थित […]
सरुवापछि पनि अडिग इन्जिनियर: ‘कमिसन’को लोभले कार्यालय नछाडेको आरोप!

रौतहट, १० चैत । रौतहटको गौरस्थित पूर्वाधार विकास कार्यालयमा कार्यरत इन्जिनियर रामबाबु साह सरुवा भइसकेपछि पनि कार्यालय नछाडेको विषयले व्यापक चर्चा र विवाद उत्पन्न गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनलाई जिल्ला समन्वय समिति खोटाङमा सरुवा गरेपनि उनले हालसम्म रमाना नबुझेको खुलेको छ। कार्यालय स्रोतका अनुसार, निर्वाचनअघि सरुवा भएको भन्दै उनले निर्वाचन आचारसंहितालाई […]
९ महिनामै ५ करोड ४७ लाख राजस्व संकलन: लक्ष्य नजिकिँदै बाराको यातायात कार्यालय

कलैया, ९ चैत/ बाराको कलैयास्थित यातायात व्यवस्था कार्यालयले चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो ९ महिनामै ५ करोड ४७ लाखभन्दा बढी राजस्व संकलन गर्दै उल्लेखनीय प्रगति हासिल गरेको छ। सेवा प्रवाहमा सुधार, नागरिकको बढ्दो पहुँच र सवारीसम्बन्धी गतिविधिमा आएको विस्तारले राजस्व संकलनमा सकारात्मक प्रभाव परेको देखिएको छ। कार्यालय प्रमुख चिन्तन आचार्यका अनुसार चालु आर्थिक […]
मनमत–कलैया–मटिअर्वा सडक ठेक्का फेरि अलपत्र, ठेकेदारमाथि कारबाही कहिले?

श्यामबाबु यादव कलैया, ८ चैत/ बाराको सदरमुकाम कलैयाको मुख्य सडक निर्माण कार्य फेरि अलपत्र परेको छ। मनमत–कलैया–मटिअर्वा सडकखण्ड अन्तर्गत कलैयाको व्यस्त बजार क्षेत्र स्तरोन्नति गर्ने जिम्मा लिएको निर्माण कम्पनीले दोस्रो पटक थपिएको म्यादभित्र पनि काम सम्पन्न गर्न नसकेपछि परियोजना पूर्ण रूपमा अन्योलमा परेको हो । सार्वजनिक खरिद नियमावलीको १३औँ संशोधन अनुसार थपिएको अन्तिम म्याद २०८२ […]
१३ वर्षीया बालिकामाथि अनैतिक कार्यको आरोपमा बारामा ७० वर्षीय वृद्ध पक्राउ

कलैया, ८ चैत/ बारा जिल्लामा १३ वर्षीया नाबालिकामाथि अनैतिक कार्य गरेको आरोपमा एक जना वृद्ध पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका–७, जितपुर टोल निवासी अन्दाजी ७० वर्षीय लकिचन्द साह कलवार रहेका छन्। प्रहरीले गएराति कलवारलाई आफ्नै पसलबाट नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दिलीप क्षेत्रीका […]
नेपाली कांग्रेस भित्र अनुभव र सुझबुझको आधारमा डा. चन्द्रमोहन यादव संसदीय दलको नेता बन्ने चर्चा

काठमाडौं, ७ चैत/ नेपाली कांग्रेस भित्र संसदीय दलको नेतृत्वलाई लिएर नयाँ बहस सुरु भएको छ। पार्टीका सांसद तथा प्राध्यापक डा. चन्द्रमोहन यादवलाई संसदीय दलको नेता बनाउने चर्चा अहिले तीव्र बन्दै गएको छ। पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा संसदीय अनुभव र नेतृत्व क्षमताका आधारमा डा. यादवलाई अघि सार्ने विषयमा छलफल भएको एक नेताले जानकारी दिएका छन्। संविधानसभा […]
क्षेत्रीय सभापतिमाथि अविश्वासपछि चौरसियामाथि कारबाही सिफारिस, चुनावी हारबारे फरमुल्लाह मंसुरको आचरणमै प्रश्न

कलैया, ६ चैत/ नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नं. ३ मा आन्तरिक विवाद चुलिँदै गएको छ। क्षेत्रीय सभापति प्रभात कुमार चौरसियाविरुद्ध ६७ प्रतिशतभन्दा बढी क्षेत्रीय प्रतिनिधिहरूले अविश्वास प्रस्ताव दर्ता गरेपछि उनी सभापति पदमा नरहेको दाबी गरिएको छ। कार्यवाहक सभापति हरि प्रवेश यादवद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, पार्टीलाई नोक्सान पुर्याउने गतिविधि तथा षडयन्त्रमा संलग्न रहेको आरोपमा चौरसियाविरुद्ध […]
बाराको दबदबा : प्रधानमन्त्री कपका लागि मधेशको बलियो टोली घोषणा

गढीमाईखबर डेस्क कलैया,५ चैत/ आगामी प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि मधेश प्रदेश क्रिकेट संघले दमदार टोली सार्वजनिक गरेको छ। अनुभवी खेलाडी अनिल साह को कप्तानीमा घोषणा गरिएको टोलीमा बाराका खेलाडीहरूको उल्लेखनीय उपस्थिति देखिएको छ। यसपटक टोलीमा बाराबाट मात्रै ५ जना खेलाडी समावेश भएका छन्, जसले जिल्लाको क्रिकेट सामर्थ्यलाई राष्ट्रिय स्तरमा पुनः प्रमाणित गरेको […]