कलैया, ८ चैत/
बारा जिल्लामा १३ वर्षीया नाबालिकामाथि अनैतिक कार्य गरेको आरोपमा एक जना वृद्ध पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका–७, जितपुर टोल निवासी अन्दाजी ७० वर्षीय लकिचन्द साह कलवार रहेका छन्।
प्रहरीले गएराति कलवारलाई आफ्नै पसलबाट नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दिलीप क्षेत्रीका अनुसार करिब १३ वर्षीया बालिका र कलवारलाई अनैतिक गतिविधि गरिरहेको अवस्थामा फेला पारिएको थियो।
पक्राउ परेका कलवारमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









