भन्सार छलेर ल्याएको अवैध सामान बरामद

गढिमाइ खबर
183 पाठक संख्या

कलैया : विजया दशमी शुरु भएसगै बारामा तस्करी बढ्दै जान थालेको छ । प्रहीले बाराका विभिन्न स्थानबाट करिब पाँच लाख रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी वि.ओ.पि.बारैनीयाबाट खटिएको टोलीले विश्रामपुर गाउँपालिका–३ को सीमा क्षेत्रबाट करिब रू. १ लाख ५० हजार बराबरका लेडिज आइटम बरामद गरेको हो ।

त्यस्तै जिल्लाकै जीतपुर सुरक्षा वेशले वीरगंज–पथलैया सडकखण्डबाट रू. १ लाख बराबरका लेडिज आइटम बरामद गरेको प्रहरीले जनाएको छ। मटिअर्वास्थित प्रस्तावित सीमा सुरक्षा गुल्मले सीमा क्षेत्रबाट करिब रू. ७५ हजार बराबरका राउटर बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।

गणबाट खटिएको मोबाइल टोलीले कोल्हवी नगरपालिका–१, कोल्हवी बजार क्षेत्रबाट रू. १ लाख बराबरका किराना सामान बरामद गरेको छ।

त्यसैगरी जिल्ला सुरक्षा वेश कलैयाको टोलीले कलैया–३ बाट रू. ७५ हजार बराबरका किराना तथा लेडिज आइटम बरामद गरेको सशस्त्र प्रहरी बल नं. १२ गण बाराका गणपति एवम् प्रहरी उपरीक्षक खुमबहादुर केसीले जानकारी गराएका छन ।

साझा गर्नुहोस्