मधेसको जनताको अधिकारको लागि लडी रहने नेता उपेन्द्र यादवलाई जिताउन- प्रधानमन्त्री प्रचण्डको आग्रह

गढिमाइ खबर
74 पाठक संख्या पढ्न लाग्न समय 4 मिनेट
पढ्न लाग्न समय 4 मिनेट

सिकेन्द्र पासवान/
प्रधामन्त्री पुष्पकमल दहाल (प्रचण्ड) ले अव चाडै निजगढ बिमाल स्थलको शिलान्यस गर्ने कुरा बताएका छन। पाँच दलिय गठबन्धनको बृहत आम सभालाई महागढीमाई नगरपालिका वडा नम्बर १ स्थित रहेको गढीमाई मन्दिरको प्राङणमा आयोजित बृहत आमसभालाई सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहेका प्रचण्डले यस्तो कुरा बताएका हुन।

बिमान स्थलको सबै प्रक्रिया शुरु भईसकेको हुदा निर्माणको प्रक्रिया चाडै नै शुरु भई काम अगाडी बढाउने मातहतका सबैलाई निर्देशन दिइसकेको प्रधानमन्त्री दहालको भनाई रहेको थियो । संविधानको रक्षा गर्नका लागि नै पाँच दलिय गठबन्धन भएको बताउदै प्रधानमन्त्री दहालले राष्ट्रिय एकता दिगो शान्ति, बिकास ,समृद्धिका लागि अहिलेको सरकार लागी परिरहेको कुरामा जोड दिएका थिए ।

गढीमाई मन्दिरलाई राष्ट्रिय स्तरको रुपमा बिकास गर्दै लुम्वनी, पशुपति बिकास कोष जस्तै यसलाई सोही अनुरुपको बिकासकोषमा परिणत गराउनका लागि पहल गर्ने कुरामा जोड दिएका थिए । कोरोना कालमा बन्द रहेको मटिअर्वा भंसारलाई सुचारु गर्न, नागरिता बिधेयक राष्ट्र«पतिबाट प्रमाणिकरण गराई पास गराउन, मधेसमा बिधुतिय सिचाई निर्माण गर्ने, अर्थतन्त्रलाई सुधारन्मुख गर्नेका लागि सरकार अगाडी बढी रहेको कुरामा प्रधानमन्त्री दहालले जोड दिएका थिए ।

भष्टाचारलाई शुन्य सहनसिलतामा झार्दै अर्थतन्त्रलाई उकास्ने काम पनि गठबन्धनको सरकार लागी परेको प्रधानमन्त्री दहालको भनाई रहेको थियो । ५ बर्ष सम्म यो पाँच दलिय गठबन्धन रहि रहने भएको हुदा अझै यसलाई प्रगाढ बनाउने दिशा अघी बढनुपर्ने उनको कथन रहेको थियो ।

गठबन्धनलाई कमजोर गर्नका लागि बिभिन्न प्रकारका सडयन्त्रहरु भईरहेको हुदा ती सडयनत्रलाई चिर्ने कामपनि गठबन्धनबाट नै गर्नुपर्ने कुरामा जोड दिएका थिए । देशलाई राष्ट्रिय एकताको सुत्रमा बाध्ने काम पनि गठबन्धनले नै गर्ने हुदा तराई ,पहाड र हिमालका जनतालाई अपनत्व हुने किसिमका काम यो सरकारले प्राथमिकतामा राखेको उनले भने ।

उपेन्द्र यादव मधेसको जनताको अधिकारको लागि लडी रहने नेता भएको हुदा उनलाई जिताउन आग्रह समेत गरे । सोही कार्यक्रममा पुर्व प्रधानमन्त्री एवम नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रलाई सिधयाउने काम नेकपा एमालेका अध्यक्ष केपी ओलीले गर्ने सडयन्त्र गरेको हुदा सो सडयन्त्रलाई चिर्न र देशमा संघिय लोकतान्त्रिक गणतन्त्रलाई दिगोपन बनाउने अनि अहिले सम्मको प्राप्त उपलब्धीलाई रक्षा गर्नका लागि अहिलेको गठबन्धन भएको प्रष्ट पारेका थिए ।

उपेन्द्र यादवले मधेसका अधिकारका बारे बिकासका बारेमा पनि लागि रहने नेता रहेको चर्चा गर्दे पुर्व प्रधानमन्त्री देउवाले मधेसमा मधेसी जनताको अधिकार दिलाउने बताए । कार्यत्रमलाई सम्बोधन गर्दै नेकपा एसका अध्यक्ष एवम पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले मुलुकमा स्थायित्व कायम गर्न शान्ति कायम र कानुनी राज्यलाई परिपलना गराउने दिशामा यो गठबन्धनले लागी परेको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै जसपाका केन्द्रिय अध्यक्ष एवम बारा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार उपेन्द यादवले यस क्षेत्रको बिकासको कुनै कसर बाकी नराख्ने बताउदै मधेस संग पटक पटक धोकाबाजी गरेका केपी ओलीको हैकबाधी अव नरहने कुरामा जोड दिउका थिए ।

राज्यको ध्यान अहिले बारा निर्वाचन क्षेत्र नम्बर २ मा रहेको हुदा गठबन्धनको सरकारले यहाँ शिक्षा, स्वास्थ्य, सिचाई, खानेपानी, बाटोघाटो, कृषिका लागि सहज सुलभ रुपमा मल खाद उपलश गराउन माँग गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै लोसपाका नेता जितेन्द्र सोनलले तराई मधेसको समस्या अहिलेको गठबन्धनले नै समाधान गर्ने कुरामा जोड दिए । संघियतालाई कमजोर पार्ने सडयन्त्र भईरहेको हुदा बचाउनका लागि गठबन्धन कसिएर लाग्नुपर्ने धारण ब्यतm गरेका थिए ।

नेपाली काँग्रेसका जिल्ला सभापति राजेशराय यादवको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा काँग्रेसका महिला नेतृ बबिता जयसवाल, लोसपाका नेता मोतिलाल कुसवाहा लगायतकाले आफनो बिचार ब्यतm गर्नुभएको थियो ।

नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक अनिल कुमार श्रेष्ठको संचालनमा सम्पन्न सो कार्यक्रममा महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादव, उपप्रमुख तारादेव्ी कानु , जिल्ला अध्यक्ष यादव, सचिव भैयाराम यादव, महागढीमाई नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष मनोज साहले संयुतm रुपमा ५१ किलोको माला लगाई स्वागत गरेका थिए ।

 

साझा गर्नुहोस्