श्यामबाबु यादव/
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बारा जिल्लामा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। हालसम्म करिब ५० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतका सहायक प्रमुख निर्वाचन अधिकृत राजकुमार दहालले जानकारी दिएका छन्।
बारा जिल्लामा कुल ४ लाख ६५ हजार ७ सय ८४ मतदाता रहेका छन्। जसमध्ये २ लाख ५५ हजार ७ सय ६३ पुरुष मतदाता र २ लाख १० हजार ९ महिला मतदाता रहेका छन्।









