जीतपुरसिमरामा जबर्जस्तीकरणी गरेको आरोपमा एमालेका एक नेता सहित ४ जना पक्राउँ

गढीमाईखवर डट कम
पढ्न लाग्न समय 1 मिनेट

रञ्जन यादब

बारा २४ बैशाख

बाराको पथलैयामा १२ बर्षिय वालिका सामुहिक  जबर्जस्तीकरणीको सिकार भएकी छिन् ।जीतपुरसिमरा वडा नं.१ मा जबर्जस्तीकरणी गरेको आरोपमा नेकपा एमालेका एक नेता सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेकपा एमाले पार्टीको वडा नं.१ को दश धुरे टोल कमिटी अध्यक्ष समेत रहेका ५० बर्षिय मान बहादुर लामा सहित अर्का ५० बर्षिय पुरुष र २ जना १६ बर्षका नाबालकलाई प्रहरीले हिजो शुक्रवार ५ बजेको समयमा नियन्त्रणमा लिएको हो ।

मान बहादुरले ललाई फकाई ति वालिकालाई आफ्नै घरमा बोलाएर करणी गर्ने क्रममा स्थानियले देखेपछि यो घटना बाहिर आएको हो । घटना स्थलमा पुगेका एक स्थानियका अनुसार गाँउको एक बालकले करणी भएको देखेपछि गुहार मागेको सुनिए पछि आफुहरु घटना स्थलमा पुगेको बताए । ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरिक्षक राज किशोर साहले चारैजनालाई प्रहरीले नियन्त्रणमा लिएको र हिरासतमा राखेर अनुसन्धान गर्ने काम भैंरहेको बताएका छन् ।

लामा नेकपा एमाले पार्टीको कुनैपनी जिम्मेवारीमा नरहेको र उनी पार्टी सर्मथक मात्र रहेको एमालेका वडा नं.१ का वडाध्यक्षका उमेदवार हिरा बस्नेतले बताएका छन् ।कार्यक्रममा सहभागी भएर फर्केका लामा सहित चारै जनालाई स्थानियले करिब ४ः३० बजेको समयमा रंगेहात समातेका थिए । घटनास्थलमा स्थानियले लामा माथि कुटपिट समेत गरेका थिए । लामा दस धुरेमा रहेको दक्षिणकाली मन्दिरको पुजारी समेत हुन् ।

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *