शासकीय सुधार कार्यसूचीपछि ‘राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन’ भङ्ग

सरकारको शासकीय सुधारसम्बन्धी कार्यसूची कार्यान्वयनको क्रममा ‘राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन’ भङ्ग गरिएको छ। युनियनका अध्यक्ष राजु ओलिया ले सूचना जारी गर्दै मन्त्रिपरिषद्को चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीलाई स्वागत गर्दै युनियन आजैदेखि भङ्ग गरिएको जानकारी दिनुभएको हो। सरकारले ल्याएको सुधार कार्यसूचीको बुँदा नम्बर १२ अनुसार सार्वजनिक प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त, निष्पक्ष […]

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

जनकपुरधाम, १५ चैत/ मधेस प्रदेशकी शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारी ले एसइई परीक्षा निष्पक्ष र मर्यादित बनाउन कडाइ गरिने बताउनुभएको छ। प्रदेशस्तरीय समन्वय बैठकमा मन्त्री तिवारीले परीक्षा केन्द्रमा मोबाइल फोन लैजान पूर्ण रूपमा निषेध गरिएको स्पष्ट पार्दै फेला परे जफत गरी नष्ट गरिने चेतावनी दिनुभयो। उहाँले परीक्षा शान्त र व्यवस्थित बनाउन सबै निकायलाई सक्रिय […]

पूर्वमन्त्री दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

गढीमाईखबर डेस्क कलैया, १५ चैत/ जिल्ला अदालत काठमाडौँले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्का लाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। आज बिहान पक्राउ परेका नेता खड्कालाई म्याद थपका लागि अदालतमा उपस्थित गराइएको थियो। अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठ का अनुसार अदालतले सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा […]

कलैयामा ओली र लेखकको पक्राउविरुद्ध एमालेको प्रदर्शन, प्रशासनलाई बुझायो विरोधपत्र

गढीमाईखबर डेस्क कलैया, १५ चैत/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले) बारा जिल्ला कमिटीले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक को पक्राउको विरोधमा बाराको कलैया मा प्रदर्शन गरेको छ। जिल्ला अध्यक्ष अद्यानन्द पाण्डे को नेतृत्वमा भएको प्रदर्शनपछि एमालेका नेताकार्यकर्ताले जिल्ला प्रशासन कार्यालय, बारामा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र लाई विरोधपत्र बुझाएका […]

नेपालभर सट्टेबाजी एप र वेबसाइट बन्द, प्रयोग गरे कडा कारबाही हुने चेतावनी

‎‎गढीमाई डेस्क कलैया, १५ चैत/ ‎नेपाल सरकारले देशभर सञ्चालनमा रहेका सट्टेबाजी (द्यभततष्लन) एप तथा वेबसाइटहरू बन्द गरेको छ। मन्त्रिपरिषद्को मिति २०८२ चैत्र १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी कार्यसूची अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस्तो निर्णय कार्यान्वयनमा ल्याएको हो। ‎मन्त्रालयका अनुसार मिति २०८२ चैत १५ गते मन्त्रीस्तरीय निर्णयपछि नेपाल दूरसञ्चार प्राधिकरणलाई इन्टरनेट सेवा […]

पार्टी अध्यक्ष ओली र कांग्रेस नेता लेखकलाई रिहाई गर्न एमालेको माग

काठमाडौँ, १४ चैत/ नेकपा (एमाले)ले पार्टी एवं पूर्वप्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई तत्काल रिहाई गर्न माग गरेको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बिहान उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले पार्टी दुवै नेतालाई तत्काल रिहाई गर्न माग गर्ने निर्णय गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिनुभयो […]

वीरगञ्ज भन्सारको प्रभावशाली प्रदर्शन, सात महिनामै रु १ खर्ब ५४ अर्बभन्दा बढी राजस्व सङ्कलन

कलैया, १४ चैत/ देशको प्रमुख व्यापारिक नाका मानिने वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो सात महिनामै उल्लेखनीय राजस्व सङ्कलन गर्दै आर्थिक गतिविधिमा सकारात्मक संकेत देखाएको छ। वीरगञ्ज भन्सार कार्यालयले चालु आवको साउनदेखि माघसम्मको अवधिमा कुल रु एक खर्ब ५४ अर्ब ८४ करोड राजस्व सङ्कलन गरेको जनाएको छ। कार्यालयले यस अवधिमा रु एक खर्ब ७५ […]

बारामा एसईईका लागि ३० परीक्षा केन्द्र, १० हजार ८ सय बढी विद्यार्थी सहभागी हुने

कलैया, १४ चैत/ बारा जिल्लामा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि ३० वटा विद्यालयमा परीक्षा केन्द्र निर्धारण गरिएको छ। जिल्लाभरका १५५ विद्यालयका विद्यार्थीहरूले यी केन्द्रमार्फत परीक्षा दिने भएका छन्। शिक्षा विकास तथा समन्वय इकाई बाराका इकाइ प्रमुख अशोक कुमार रौनियारले शुक्रबार सूचना जारी गर्दै चैत १९ गतेदेखि सुरु हुने एसईई परीक्षाका लागि केन्द्र […]

पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ, कार्की आयोगको प्रतिवेदन कार्यान्वयन सुरु

कलैया १४ चैत/ नवनियुक्त सरकारले जेनजी आन्दोलनका क्रममा भएको दमनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। प्रहरीले नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीलाई शनिबार बिहान भक्तपुरको गुण्डुस्थित निवासबाट ‘जरुरी पक्राउ पुर्जी’ का आधारमा नियन्त्रणमा लिएको जनाएको छ। […]

जाँचबुझ आयोग प्रतिवेदनमा पूर्वप्रधानमन्त्रीदेखि सुरक्षा प्रमुखसम्ममाथि कारबाही सिफारिस

‎बारा ,१२ चैत। काठमाडौं भदौ २३ गते संसद् भवन बाहिर भएको भीषण गोलीकाण्ड प्रकरणमा कार्की आयोगले उच्च राजनीतिक र सुरक्षा पदाधिकारीहरूलाई प्रत्यक्ष जिम्मेवार ठहर गर्दै कडा कारबाही सिफारिस गरेको छ। आयोगको प्रतिवेदनअनुसार करिब चार घण्टासम्म ‘लाइभ फायरिङ’ हुँदा पनि रोक्न कुनै प्रभावकारी प्रयास नभएको, सुधारात्मक आदेश नदिइएको तथा मानवीय क्षति रोक्न आवश्यक अभिभावकीय भूमिका निर्वाह […]