अब बैंकिङ कारोबार बिहान ९ देखि बेलुका ४ बजेसम्म, सातामा ५ दिन मात्र बैंक खुल्ने

कलैया,२३ चैत । नेपालमा अब बैंक तथा वित्तीय संस्थाहरू सातामा पाँच दिन मात्र सञ्चालन हुने भएका छन्। नेपाल सरकारको निर्णयअनुसार शनिबार र आइतबार सार्वजनिक बिदा लागू भएपछि बैंकिङ क्षेत्रले पनि सोही व्यवस्था अपनाएको हो। नेपाल राष्ट्र बैंकले गभर्नरस्तरीय निर्णयमार्फत चैत २२ गतेदेखि लागू हुने गरी बैंक तथा वित्तीय संस्थाहरू सोमबारदेखि शुक्रबारसम्म मात्र खुल्ने व्यवस्था गरेको […]

वीरगन्ज नाकामा विद्युतीय सवारीको उछाल : सात महिनामै ४९७ गाडी आयात

नेपालमा विद्युतीय सवारीसाधनप्रतिको आकर्षण तीव्र रूपमा बढ्दै गएको तथ्यांकले देखाएको छ। विशेषगरी वीरगन्ज नाकाबाट हुने आयातमा उल्लेखनीय वृद्धि देखिएको छ, जसले हरित ऊर्जातर्फको झुकावलाई संकेत गर्दछ। चालु आर्थिक वर्षको पहिलो सात महिनामा वीरगन्ज नाका हुँदै चार सय ९७ वटा विद्युतीय जिप, कार र भ्यान आयात भएका छन्। ती सवारीसाधनको कुल मूल्य करिब एक अर्ब ४८ […]

“अब शनिबार–आइतबार बिदा”

सरकारले महत्वपूर्ण नीतिगत निर्णयहरू गर्दै अबदेखि हरेक शनिबार र आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले उक्त निर्णय गरेको हो, जुन भोलिदेखि नै लागू हुने बताइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार यो व्यवस्था सबै सरकारी कार्यालय तथा शैक्षिक संस्थामा लागू हुनेछ। यससँगै कर्मचारी तथा विद्यार्थीहरूलाई सातामा दुई दिन विश्रामको सुविधा […]

“निजी मिडियामाथि आर्थिक नाकाबन्दीको आरोप ः निर्णय फिर्ता नभए आन्दोलनमा जाने पत्रकार संगठनको चेतावनी”

सरकारले जारी गरेको हालैको निर्देशनप्रति असन्तुष्टि जनाउँदै विभिन्न पत्रकार सम्बद्ध संघ–संस्थाहरूले कडा प्रतिक्रिया दिएका छन्। उनीहरूले उक्त निर्णयलाई निजी सञ्चार माध्यममाथिको “आर्थिक नाकाबन्दी” भन्दै तुरुन्त फिर्ता लिन माग गरेका छन्। अन्यथा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। आइतबार काठमाडौंको संवाद डबलीमा आयोजित एक कार्यक्रममा वक्ताहरूले सरकारको कदमले प्रेस स्वतन्त्रतामाथि गम्भीर असर पर्ने बताएका छन्। नेपाल पत्रकार […]

विश्व बैंक ऋणदेखि नयाँ शैक्षिक सत्रसम्म-सरकारका ७ प्रमुख निर्णय

कलैया, २२ चैत/ आइतवार नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकले विकास, प्रशासन सुधार, ऊर्जा व्यवस्थापन तथा शिक्षा क्षेत्रसँग सम्बन्धित विषयमा नीतिगत निर्णयहरू पारित गरेको हो। बैठकले विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ। उक्त ऋण विभिन्न विकास परियोजनाहरूमा खर्च गरिने जनाइएको छ। […]

बारामा एसईई परिक्षाको दोस्रो दिन एक हजार ५२४ परीक्षार्थी अनुपस्थित

बिहिबारदेखि देशभर सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को दोस्रो दिन बारा जिल्लामा एक हजार ५ सय २४ जना परीक्षार्थी अनुपस्थित भएका छन्। शिक्षा विकास तथा समन्वय इकाई बाराका निमित्त प्रमुख अशोक कुमार रौनियारका अनुसार अनिवार्य नेपाली विषयको परीक्षामा साधारणतर्फ नियमितका ६८ जना, साधारणतर्फ ग्रेडवृद्धिका १ हजार ४०० जना, प्राविधिकतर्फ नियमितका ४ जना र प्राविधिकतर्फ […]

बारामा एसईई अनिवार्य अङ्ग्रेजी परिक्षाको पहिलो दिन १ हजार भन्दा बढी परीक्षार्थी अनुपस्थित

बिहिवारदेखि सुरु भएको माध्यमिक शिक्षा परिक्षा(एसईई)को पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयमा बारा जिल्लामा एक हजार ७ सय ६४ जना परीक्षार्थी अनुपस्थित भएका छन् । शिक्षा विकास तथा समन्वय इकाई बाराका निमित्त इकाई प्रमुख अशोक कुमार रौनियारका अनुसार साधारणतर्फ नियमितमा छात्रा ५७,छात्र ३८ गरि ९५ जना,साधारण तर्फ ग्रेडवृद्धिमा छात्रा ६४७,छात्र ९६६ गरि १ हजार ६१३ जना,प्राविधिक […]

पूर्वाधार योजनामा अनियमितता नगर्न चेतावनी, तरुण दल बाराद्वारा ज्ञापन पेश

कलैया, १६ चैत / ‎नेपाल तरुण दल बारा जिल्लाले पूर्वाधार विकास कार्यालय, कलैयामा ज्ञापन पत्र बुझाउँदै आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत सञ्चालन हुने सबै विकास योजनाहरू कानुन र मापदण्डअनुसार पारदर्शी रूपमा कार्यान्वयन गर्न माग गरेको छ। जिल्ला अध्यक्ष दिपेन्द्र पटेलको नेतृत्वमा पेश गरिएको ज्ञापनमा स्वीकृत कार्यक्रमअन्तर्गतका कुनै पनि योजना सम्बन्धित निकायमार्फत मात्र सञ्चालन गर्नुपर्ने स्पष्ट उल्लेख […]

पत्रकार संजय मिश्रविरुद्ध सामाजिक सञ्जालमा दुर्व्यवहार, कारबाहीको माग

कलैया १६ चैत/ नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले संजय मिश्र विरुद्ध सामाजिक सञ्जालमार्फत गरिएको मानमर्दन तथा दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघले २०८२ चैत १६ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार रातोपाटी डटकमका रौतहट संवाददाता मिश्रलाई फेसबुकमार्फत अपशब्द र असभ्य भाषा प्रयोग गरी गालीगलौज गरिएको हो। उक्त दुर्व्यवहार प्रभु साह को नाममा बनाइएको “I […]

प्रादेशिक अस्पताल कलैयामा ‘बिरामी बेच्ने’ आरोप: चिकित्सकमाथि संगठित अनियमितताको शंका, छानबिन सुरु

कलैया, १६ चैत/बाराको कलैयास्थित प्रादेशिक अस्पताल, जहाँ सर्वसाधारणले सस्तो र सहज उपचारको अपेक्षा राख्छन्, त्यहीँबाट बिरामीलाई निजी क्लिनिकतर्फ ‘डाइभर्ट’ गर्ने घटनाहरू सार्वजनिक हुन थालेपछि स्वास्थ्य क्षेत्रमा गम्भीर प्रश्न उठेका छन्। अस्पतालका बाल रोग विशेषज्ञ डा. रामनिवास साहमाथि सरकारी अस्पतालमा आएका बिरामीलाई मनोवैज्ञानिक दबाब, त्रास र भ्रम सिर्जना गरी आफ्नै निजी अस्पताल ‘कलैया सब–मेट्रो सिटी अस्पताल’मा […]