मधुवनमा काठसहित एक व्यक्ति पक्राउ

बारा जिल्लाको मधुवन क्षेत्रमा गरिएको शुक्रवाररात्री गस्तीका क्रममा अवैध साल काठसहित एक व्यक्ति पक्राउ परेका छन्। डिभिजन वन कार्यालय बाराअन्तर्गत मधुवन सब–डिभिजन वन कार्यालयको टोलीले उक्त कारबाही गरेको हो। रेञ्जर उदय पुडासैनीको नेतृत्वमा खटिएको गस्ती टोलीले राति करिब मध्यरातमा नियमित निगरानीका क्रममा सालको गोलिया काठ १ थान, आरा १ थान र साइकल १ थानसहित एक […]
नहर अतिक्रमणमाथि डोजर, तीन सयभन्दा बढी संरचना हटाइदै

पर्साको गण्डक नहर किनारमा फैलिएको अतिक्रमण हटाउन सरकारी संयन्त्रले कडाइ गरेको छ। नारायणी सिँचाइ व्यवस्थापन कार्यालयले आइतबारदेखि नहर क्षेत्रभित्र निर्माण गरिएका घरटहरा, पसल तथा अन्य संरचनामाथि डोजर चलाउँदै हटाउने अभियान थालेको हो। जानकीटोला हुँदै गण्डकचोकसम्म फैलिएको क्षेत्रमा करिब ३०० भन्दा बढी अस्थायी तथा स्थायी संरचना हटाउने लक्ष्यसहित अभियान अघि बढाइएको कार्यालयले जनाएको छ। अतिक्रमण हटाउने […]
हल्का वर्षाले चैते धान खेती गर्ने किसानलाई राहत

आइतबार राति परेको हल्का वर्षाले बाराका चैते धान खेती गर्ने किसानहरूलाई ठूलो राहत पुगेको छ। सिँचाइको अभाव झेलिरहेका किसानहरू पानी परेसँगै हर्षित भएका छन्। जीतपुरसिमरा–१७ का किसान अनुप खड्काका अनुसार बोर्डिङ (सिँचाइ)कै भरमा रोपिएको धानबालीका लागि वर्षा अत्यन्त उपयोगी भएको छ। उनले अहिलेको पानीले रोपाइँ भइसकेका खेतहरूमा सकारात्मक प्रभाव पर्ने बताए। कृषि प्राविधिकहरूका अनुसार चैते […]
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

धुञ्चे, १४ वैशाख/ उत्तरी नाका रसुवागढीबाट चालु आर्थिक वर्षको नौ महिनामा रु ३१ अर्ब ३० करोड बराबरका बस्तु भित्रिएको छ । नेपाल–चीन व्यापारको महत्वपूर्ण नाकाका रुपमा रसुवागढी रहेको छ । रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार आयातित सामग्रीको मूल्याङ्कनबाट नौ महिनाको अवधिमा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन भएको हो […]
संसदीय दलको नेता आङ्देम्बेलाई बनाउने कांग्रेसको निर्णय

काठमाडौँ, १४ वैशाख/ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भीष्मराज आङ्देम्बेलाई पार्टी संसदीय दलको नेता बनाउने सर्वसम्मत निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकमा सभापति गगनकुमार थापाको प्रस्तावमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसद आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने सर्वसम्मत निर्णय गरेको महामन्त्री गुरुराज घिमिरेले राससलाई जानकारी दिनुभयो । कांग्रेस कार्यसम्पादन समितिको […]
राजमार्गमा ‘ढाट’ मार्फत अवैध कर असुली अझै जारी

पर्सा,१ बैशाख । संघीय सरकारको स्पष्ट निर्देशन हुँदाहुँदै पनि पर्सा–बारा क्षेत्रका राजमार्गहरूमा मालवाहक सवारीसाधनबाट अवैध रूपमा कर असुल्ने क्रम रोकिएको छैन। विशेषगरी वीरगन्ज महानगर क्षेत्र आसपासमा ‘ढाट’ राखेर विभिन्न शीर्षकमा शुल्क उठाउने कार्य अझै चलिरहेको पाइएको छ। गृह मन्त्रालयले २०७८ कात्तिक १२ गते नै देशभरका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै राजमार्गमा कुनै पनि स्थानीय तहले […]
चौरसिया हत्या प्रकरणमा चार जना पक्राउ

वीरगञ्ज,१ बैशाख । पर्सा प्रहरीले विकासकुमार चौरसियाको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार पक्राउ पर्नेहरूमा रौतहटको माधवनारायण नगरपालिका–१ घर भई हाल वीरगञ्ज महानगरपालिका–११ मा फिरोज मियाँको घरमा डेरा गरी बस्दै आएका २६ वर्षीय सन्तोष साह, उनकी २४ वर्षीया श्रीमती सोनी कुमारी, बाराको […]
अवैध बिटौरी कर विरुद्ध प्रसौनीमा आक्रोश, रकम फिर्ता र छानबिनको माग

कलैया, १ बैशाख। प्रसौनी गाउँपालिकाको प्रसौनी बजारमा ठेक्का अवधि सकिएपछि पनि अवैध रूपमा बिटौरी कर उठाइएको भन्दै स्थानीय किसान तथा व्यापारीहरूले विरोध प्रदर्शन गरेका छन्। सोमबार हाट बजार किसान संघर्ष समितिको नेतृत्वमा भएको प्रदर्शनमा उल्लेख्य संख्यामा स्थानीयको सहभागिता थियो। प्रदर्शनकारीहरूले बजार क्षेत्रमा नाराबाजी गर्दै गाउँपालिका कार्यालय पुगेर प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार श्रीवास्तवलाई ज्ञापनपत्र बुझाएका […]
प्रेम सम्बन्धबाट उत्पन्न विवादले प्रहरी जवानको हत्या

वीरगन्ज, १ बैशाख । वीरगन्ज महानगरपालिकामा घटेको एक दर्दनाक घटनाले सम्पूर्ण क्षेत्रलाई स्तब्ध बनाएको छ। आइतबार अपराह्न वीरगन्ज महानगरपालिका–९ मा एक प्रहरी जवानमाथि समूहगत आक्रमण हुँदा उनको ज्यान गएको हो। मृतक प्रहरी जवान विकास चौरसिया सप्तरी दरबन्दीका प्रहरी कर्मचारी हुन्, जो हाल बिदामा आफ्नै घर आएका थिए। प्रहरीका अनुसार चौरसियामाथि स्थानीय केही युवाहरूको समूहले अचानक […]
बारामा एसईई उत्तरपुस्तिका परीक्षण सम्पन्न, नतिजा आजै बोर्डमा

कलैया, १ वैशाख । बारा जिल्लामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत उत्तरपुस्तिका परीक्षण कार्य सम्पन्न भएको छ। शिक्षा विकास तथा समन्वय इकाइ बाराका अनुसार जिल्लाभरका सबै विषयका उत्तरपुस्तिका परीक्षण स्थानीय स्तरमै सम्पन्न गरिएको हो। इकाइका निमित्त प्रमुख अशोक कुमार रौनियारले परीक्षण सम्पन्न भएका उत्तरपुस्तिकाको नतिजा प्रमाणीकरण गरी आजै राष्ट्रिय परीक्षा बोर्डमा पठाइने जानकारी […]