सरकारी बोर्डमा मोबिल छर्केर भाग्ने दुई जना प्रहरीको फन्दामा

पर्सा । पर्सामा सरकारी कार्यालयको बोर्डमा मोबिल छर्केर फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–११ बस्ने ३३ वर्षीय जयपुजन ठाकुर लोहार र वीरगञ्ज महानगरपालिका–१३ राधेमाई बस्ने ३० वर्षीय मनमोहन पाण्डे रहेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–२३ स्थित पूर्वाधार विकास कार्यालय पर्साको प्राङ्गणमा कार्यालयका कर्मचारी रामप्रवेश यादवसँग विकास […]

बारामा गहुँ उत्पादन २० प्रतिशतले घट्यो

कलैया । बारामा यस वर्ष गहुँ उत्पादन उल्लेख्य रूपमा घटेको छ। मौसम प्रतिकूल बनेपछि किसानले अपेक्षाअनुसार उत्पादन लिन नसक्दा कुल उत्पादन ७१ हजार ९२ मेट्रिकटनमा झरेको हो। कृषि ज्ञान केन्द्र बाराका अनुसार यस वर्ष करिब २० प्रतिशतले उत्पादन घटेको छ। अघिल्लो वर्षको तुलनामा १७ हजार ९८० मेट्रिकटन कम गहुँ उत्पादन भएको तथ्यांकले देखाउँछ। चालु आर्थिक […]

रौतहटमा बोक्सी आरोपमा महिलामाथि कुटपिट, एक पक्राउ

रौतहट । रौतहटको कटहरिया नगरपालिकामा बोक्सीको आरोप लगाउँदै एकल महिलामाथि अमानवीय व्यवहार गरिएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। कटहरिया नगरपालिका–९, डुमरिया टोल बस्ने करिब ५५ वर्षीया एकल महिलामाथि स्थानीय केही व्यक्तिहरूले बोक्सीको आरोप लगाउँदै निर्घात कुटपिट गर्नुका साथै मलमुत्र खुवाएर अमानवीय तथा अपमानजनक व्यवहार गरेका हुन्। पीडित महिलाले दिएको जाहेरीअनुसार स्थानीय गौरी […]

भूमिहीन नागरिकहरूको अवस्था पहिचान गरी दिगो समाधान गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भूमिहीन नागरिकहरूको वास्तविक अवस्था पहिचान गरी व्यवस्थित, पारदर्शी र दिगो समाधानतर्फ सरकार अघि बढिसकेको जानकारी दिनुभएको छ । उहाँले आज सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘ज्यान जोखिममा रही असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकहरूका लागि सुरक्षित तथा व्यवस्थित स्थानान्तरणको व्यवस्था गरिनेछ । अन्य भूमिहीन नागरिकहरूको हकमा सम्बन्धित आयोगको सिफारिस र सङ्कलित विवरणका […]

जीतपुरसिमरामा घर–घरमा नगर अस्पताल कार्यक्रम सुरु, अशक्त र ग्रामीण बासिन्दा प्रत्यक्ष लाभान्वित

बारा,२० बैशाख । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले नगरबासीको स्वास्थ्यलाई मध्यनजर गर्दै “घर–घरमा नगर अस्पताल” कार्यक्रम सुरु गरेको छ । नगर प्रमुख राजन पौडेलको प्रत्यक्ष निर्देशनमा सञ्चालनमा ल्याइएको यस कार्यक्रमबाट विशेषगरी ग्रामीण क्षेत्रका बासिन्दा, ज्येष्ठ नागरिक, शारीरिक रूपमा अशक्त, अपाङ्गता भएका व्यक्ति तथा विभिन्न कारणले अस्पतालसम्म पुग्न नसक्ने नागरिकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ । […]

जीतपुरसिमरामा सार्वजनिक जग्गाका सटर खाली, व्यवसायीले आफैं हटाए पसल

बारा १९ बैशाख । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित मुख्य बजार क्षेत्रमा सार्वजनिक जग्गामा निर्माण गरिएका सात वटा सटर शुक्रबार व्यवसायीहरूले खाली गरेका छन्। उपमहानगरपालिकाको पटक–पटकको सूचना र अदालतको आदेशपछि व्यवसायीहरू सटर छाड्न बाध्य भएका हुन्। मुख्य बजारबाट नगर अस्पतालतर्फ जाने बाटोको उत्तर भाग तथा रामजानकी मन्दिरको दक्षिणतर्फ रहेका ती सटरहरूमा लामो समयदेखि मेडिकल, रेडिमेड कपडा […]

पेट्रोल २ रुपैयाँ घट्यो, काठमाडौंमा नयाँ मूल्य २१७ काय

कलैया, १८ वैशाख, पेट्रोलियम पदार्थको मूल्यमा केही राहत आएको छ। नेपाल आयल निगम ले आज मध्यराति १२ बजेदेखि लागू हुनेगरी नयाँ मूल्यसूची सार्वजनिक गर्दै पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको जनाएको छ। निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाइएको छ। यससँगै काठमाडौंमा पेट्रोलको मूल्य अब २१७ रुपैयाँ कायम भएको छ। यसअघि काठमाडौं, दिपायल र […]

कलैया यातायात कार्यालयले स्मार्ट लाइसेन्स वितरण सुरु गर्ने

बारा । यातायात व्यवस्था कार्यालय कलैयाले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को स्मार्ट कार्ड वितरण बिहीबारदेखि सुरु गर्ने भएको छ। कार्यालयका अनुसार नयाँ जारी, थप, नवीकरण तथा प्रतिलिपि (डुप्लिकेट) लाइसेन्सहरू यातायात व्यवस्था विभागबाट छपाइ भई प्राप्त भइसकेकाले वैशाख १७ गतेदेखि वितरण प्रक्रिया अघि बढाइनेछ। कार्यालयले सेवाग्राहीलाई स्मार्ट लाइसेन्स लिन आउँदा आवश्यक कागजात अनिवार्य रूपमा साथमा […]

कोल्हबी जंगलमा तीन जंगली हात्ती देखिए, वन कार्यालयद्वारा उच्च सतर्कता अपनाउन आग्र

कोल्हबी, १७ बैशाख/बाराको कोल्हबी जंगल क्षेत्रमा यम गजसहित तीन वटा जंगली हात्ती देखिएपछि स्थानीयवासीमा त्रास र चासो बढेको छ। डिभिजन वन कार्यालय, बारा अन्तर्गतको कोल्हबी सब–डिभिजन वन कार्यालयका अनुसार झुरझुरे आसपास क्षेत्रमा ती हात्तीहरू केही दिनयता निरन्तर रूपमा विचरण गरिरहेका छन्। वन क्षेत्र नजिक हात्तीहरूको उपस्थिति बढ्दै जाँदा मानव बस्तीमा प्रवेश गर्ने जोखिम बढेको भन्दै […]

घाटामा परेका लगानीकर्तामाथि गम्भीर आरोप, प्रमाणमाथि प्रश्न

काठमाडौं,१५ वैशाख । नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबारसँग जोडिएको प्रकरणमा युवा व्यवसायी राजबहादुर शाह विवादमा तानिएका छन्। नेपाल धितोपत्र बोर्डको अनुसन्धान प्रतिवेदन सार्वजनिक भएसँगै उनको नाम पनि ‘इन्साइडर ट्रेडिङ’ र ‘प्राइस म्यानुपुलेसन’को आशंकासँग जोडिएको हो। तर प्रतिवेदनमै ठोस प्रमाण अभाव देखिँदा आरोपमाथि गम्भीर प्रश्न उठेको छ। प्रतिवेदनको एक भागमा “कसूर भएको हुनसक्ने” भनिएको भए पनि […]