मटिअर्वा छोटी भन्सार पुनः सञ्चालन गर्ने तयारी

कलैया । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १० स्थित मटिअर्वा छोटी भन्सार पुनः सञ्चालन गर्ने सरकारले तयारी गरेको छ। सीमावर्ती क्षेत्रका बासिन्दाको लामो समयदेखिको माग र स्थानीय आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्य रहेको छ। सरकारले मटिअर्वा छोटी भन्सारलाई पुनः सञ्चालनमा ल्याउने प्रक्रिया अगाडि बढाएको छ।सरकारले देशभर रहेका १८ वटा छोटी भन्सारको सूचीमा वीरगंज भन्सार कार्यालय […]
पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध ३ अर्ब ६२ करोड बिगोसहित भ्रष्टाचार मुद्दा

बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको आरोपमा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार विमानस्थल निर्माणका क्रममा मूल सम्झौताविपरीत ठेकेदार कम्पनीलाई कर छुट दिई राज्यलाई अर्बौँ रुपैयाँ नोक्सानी पुर्याइएको ठहर गर्दै आरोपपत्र दायर गरिएको हो। आयोगका सहायक प्रवक्ता […]
बारामा विभिन्न मुद्दाका ११ फरार प्रतिवादी पक्राउ

कलैया । जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका ११ जना प्रतिवादीलाई पक्राउ गरेको छ। प्रहरी कारवाहीका क्रममा बारा जिल्ला अदालतबाट कैद तथा जरिवाना सजाय सुनाइएपछि फरार रहेका प्रतिवादीहरूलाई जिल्लाका विभिन्न प्रहरी इकाइबाट खटिएको टोलीले बुधबार पक्राउ गरेको हो। पक्राउ परेकाहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी बारा जिल्ला अदालतमा बुझाइएको निमित्त […]
निजगढमा सुकुम्बासी बस्ती हटाउने तयारीविरुद्ध भूमि संरक्षण संघर्ष समिति बनाएर आन्दोलनको घोषणा

निजगढ । बाराको निजगढ क्षेत्रमा रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासी बस्ती हटाउने सरकारी तयारीविरुद्ध स्थानीय स्तरमा विरोध चर्किन थालेको छ। संयुक्त सुकुम्बासी अव्यवस्थित भूमि संरक्षण संघर्ष समितिले औपचारिक रूपमा आन्दोलन घोषणा गर्दै सरकारको कदमको तीव्र आलोचना गरेको छ। समितिले सार्वजनिक गरेको विज्ञप्तिमा वर्षौँदेखि बसोबास गर्दै आएका भूमिहीन नागरिकलाई कुनै वैकल्पिक व्यवस्था नगरी हटाउने प्रयासलाई “अमानवीय […]
सिम्रौनगढमा ७ किलो गाँजासहित एक जना पक्राउ

बारा । बारा प्रहरीले बाराको सिम्रौनगढमा ७ किलो लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–६ गोलागंजका अन्दाजी ३० वर्षीय विश्वनाथ मलिक डोम रहेका छन्। विशेष सूचनाको आधारमा सोमबार इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी नायब निरीक्षक सुन्दरकान्त मिश्राको कमाण्डमा खटिएको टोलीले उनको घर सिम्रौनगढ नगरपालिका–६ गोलागंजमा खानतलासी […]
अमलेखगन्जमा ‘बाघ मित्र’ कार्यक्रम सम्पन्न, ३२ स्वयंसेवकलाई प्रशिक्षण

बारा । बाराको अमलेखगन्जमा मानव र बाघबीच सहअस्तित्वको वातावरण निर्माण गर्ने उद्देश्यसहित “बाघ मित्र” कार्यक्रमअन्तर्गत कार्यशाला तथा स्वयंसेवक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मानव–बाघ द्वन्द्व न्यूनीकरण गर्दै दुवैको सुरक्षालाई प्राथमिकता दिने लक्ष्यसहित दुई दिने कार्यक्रम सञ्चालन गरिएको हो। पर्सा राष्ट्रिय निकुञ्जको नेतृत्वमा डिभिजन वन कार्यालयहरू बारा, पर्सा, रौतहट र मकवानपुरको संयुक्त आयोजना तथा डब्लु […]
ठेक्का अलपत्र पार्ने २३ निर्माण कम्पनीविरुद्ध कडा कदम, जितपुरसिमराले सम्झौता तोड्ने प्रक्रिया अघि बढायो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिकाले विभिन्न विकास योजनामा ढिलासुस्ती गर्ने तथा काम अलपत्र पार्ने २३ वटा निर्माण कम्पनीसँग गरिएको ठेक्का सम्झौता तोड्ने प्रक्रिया अघि बढाएको छ। तोकिएको समयसीमाभित्र काम सम्पन्न नगर्नु, गुणस्तरमा कमजोरी देखिनु र पटक–पटकको निर्देशनसमेत बेवास्ता गरिनुका कारण यस्तो निर्णय लिन लागिएको उपमहानगरपालिकाले जनाएको छ। नगरपालिकाका अनुसार आर्थिक वर्ष २०७७/०७८, २०७८/०७९, २०८०/०८१ र […]
५० हजार घुस प्रकरणमा डिठ्ठा लवकुमार सिंहविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

कलैया । रौतहटको गौर नगरपालिकास्थित रौतहट जिल्ला अदालत, गौरमा कार्यरत डिठ्ठा लव कुमार सिंहमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ। आयोगले विशेष अदालत काठमाण्डौंमा सोमबार आरोपपत्र दायर गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका हुन्। अदालतको फैसलाबमोजिम दा.खा. पुर्जी गरी जग्गा फुकुवा गराई दिएवापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका […]
प्रादेशिक अस्पताल कलैयामा रेबिजविरुद्धको खोप अभाव, सर्वसाधारण निजी मेडिकलतर्फ धाउन बाध्य

कलैया । बाराको सदरमुकाम कलैया-६ स्थित प्रादेशिक अस्पताल कलैयामा रेबिज रोगविरुद्धको खोपको अभाव भएको छ। सरकारले निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप नहुँदा सर्वसाधारण समस्यामा परेका छन्। अस्पतालमा महिनौदेखि अभाव भएपछि सर्वसाधारण चर्को मूल्य तिरेर निजी मेडिकलमा धाइरहेका छन्। विपन्न तथा गरिब परिवारका सर्वसाधारणले निजी मेडिकलबाट चर्को मूल्यमा रेबिजविरुद्धको खोप किन्नुपर्दा मर्कामा परेका छन्। […]
बारामा एकाईस किलो लागूऔषध गाँजासहित दुई जना नाबालिक पक्राउ

कलैया । बारा प्रहरीले २१ किलो लागूऔषध गाँजासहित दुई जना नाबालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्कुटि चालक मकवानपुरको छतिवन गाउँपालिका –४ बस्ने बुद्धिमान गोलेको छोरा अन्दाजी १३ वर्षीय सुरेन्द्र गोले र पछाडी बस्ने राकसिराङ गाउँपालिका–७ बस्ने प्रकाश गुरूङको छोरा अन्दाजी १७ वर्षीय सलमान गुरूङ रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। बारा जिल्लाको […]