सिम्रौनगढमा ७ किलो गाँजासहित एक जना पक्राउ

गढिमाइ खबर
40 पाठक संख्या

बारा । बारा प्रहरीले बाराको सिम्रौनगढमा ७ किलो लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–६ गोलागंजका अन्दाजी ३० वर्षीय विश्वनाथ मलिक डोम रहेका छन्।

विशेष सूचनाको आधारमा सोमबार इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी नायब निरीक्षक सुन्दरकान्त मिश्राको कमाण्डमा खटिएको टोलीले उनको घर सिम्रौनगढ नगरपालिका–६ गोलागंजमा खानतलासी गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा ७ किलो गाँजा बरामद गरिएको निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुरेश राज भट्टले जानकारी दिएका हुन्।

उनका अनुसार पक्राउ परेका डोमलाई बारा जिल्ला अदालतबाट म्याद थप गरी लागूऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको छ।

साझा गर्नुहोस्