धनुषामा यात्रुवाहक बस दुर्घटना,चालकसहित १७ जना घाइते

धनुषा । धनुषाको मिथिला नगरपालिका–९ फुटबल ग्राउण्ड नजिक पूर्व–पश्चिम राजमार्गमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते भएका छन् । काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस अर्को बसलाई उछिन्ने क्रममा अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार बसमा ३३ जना यात्रु […]

निजगढको होटलमा युवती मृत, अनुसन्धानका लागि दुई जना पक्राउ

कलैया । बाराको निजगढ नगरपालिका–९ बुद्धचोकस्थित एक होटलमा एक युवति मृत अवस्थामा फेला परेकी छन्। यहाँस्थित गुरुङ होटलमा निजगढ नगरपालिका–१२ बस्ने २५ वर्षीया सीता थिङ मृत अवस्थामा फेला परेकी हुन्। शुक्रबार राति अन्दाजी १० बजे होटलको एक कोठाभित्र सीता थिङ घाइते अवस्थामा रहेको सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक […]

बर्डफ्लु संक्रमणपछि परवानीपुर अनुसन्धान केन्द्रका हजारौं पन्छी नष्ट

कलैया । बाराको परवानीपुरस्थित राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रम मा अनुसन्धानका लागि पालिएका विभिन्न प्रजातिका पन्छीमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ। संक्रमण फैलिन नदिन फार्ममा रहेका पन्छी, अण्डा तथा दाना नष्ट गरिएको कार्यालयले जनाएको छ। सूचना अधिकारी खेमबहादुर प्रजा का अनुसार चैतको अन्तिम सातातिर पहिलो पटक टर्की जातका पन्छीमा […]

जीतपुरसिमरामा फोहोर व्यवस्थापनमा कडाइ, ५० हजारसम्म जरिवाना

बारा । वातावरण संरक्षण र नगर क्षेत्रलाई सफा तथा व्यवस्थित बनाउन जीतपुरसिमरा उपमहानगरपालिकाले फोहोर व्यवस्थापनमा कडाइ सुरु गरेको छ। उपमहानगरपालिकाले जथाभावी फोहोर फाल्ने व्यक्ति तथा संस्थामाथि अब कानुनी कारबाही गरिने जनाएको हो। बिहीबार जारी गरिएको सार्वजनिक सूचनामार्फत उपमहानगरपालिकाले सडक, चोक, नाला, फुटपाथ, सार्वजनिक स्थल तथा नदी–नालामा फोहोर फाल्ने कार्य पूर्ण रूपमा निषेध गरिएको स्पष्ट पारेको […]

बारामा हुलाकमार्फत राहदानी वितरण सेवा सुरु

कलैया । बारामा पनि जिल्ला हुलाक कार्यालय बाराले हुलाकमार्फत राहदानी वितरण सेवा सुरु गरेको छ। सरकारको शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूची अन्तर्गत सो सेवाको शुरुआत गरिएको हो। जिल्ला प्रशासन कार्यालय बारा र जिल्ला हुलाक कार्यालय बाराबीच वैशाख २५ गते हुलाकमार्फत घरमै राहदानी पु-याउने सम्बन्धमा औपचारिक सम्झौता भएको हो। बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार […]

प्रजिअ मिश्रको टोलीद्वारा माटिअर्वा भन्सारमा छड्के अनुगमन

कलैया । बाराको कलैया उपमहानगरपालिका–१० स्थित मटिअर्वा छोटी भन्सारको शुक्रबार छडके अनुगमन गरिएको छ। सीमावर्ती क्षेत्रमा रहेको वीरगञ्ज भन्सार कार्यालय पर्साअन्तर्गत रहेको सो भन्सारको बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले छड्के अनुगमन गरेका हुन्। भन्सार परिसरमा प्रदीप साह नाम गरेका ब्यक्तिको खानतलाशी गरिएको थियो। साहले भारतीय नम्बर प्लेटका सवारीसाधनलाई एक दिने पास इजाजत लिन आएका […]

बारामा लागुऔषध सेवनकर्ता खोजी अभियान सुरु,सीमाक्षेत्रबाट शंकास्पद व्यक्तिको कीटमार्फत परीक्षण

कलैया । बारा जिल्लामा बढ्दो लागुऔषध दुरुपयोग नियन्त्रण गर्न प्रहरीले सीमाक्षेत्र केन्द्रित विशेष अभियान सुरु गरेको छ। “लागुऔषध सेवनकर्ता खोजी एवं सुधार अभियान–२०८३” अन्तर्गत शुक्रबारदेखि कलैया उपमहानगरपालिका–१० मटिअर्वाबाट शंकास्पद व्यक्तिको कीटमार्फत परीक्षण थालिएको हो। मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामको निर्देशनमा जिल्ला प्रहरी कार्यालय बाराले सामुदायिक प्रहरी साझेदारी कार्यक्रममार्फत अभियान सञ्चालनमा ल्याएको जनाएको छ। सीमावर्ती नाकामा […]

बालेनको डोजरको त्रासमा टाँगियाबस्ती, उपमहानगरसँग संरक्षणको माग

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ स्थित टाँगियाबस्तीका स्थानीयवासी सम्भावित डोजर अभियानको त्रासमा उपमहानगरपालिकाको शरणमा पुगेका छन् । देशका विभिन्न स्थानमा अव्यवस्थित बस्ती तथा अतिक्रमित संरचना हटाउने अभियान तीव्र बनेसँगै आफ्नो बस्ती पनि जोखिममा पर्न सक्ने आशंकाले स्थानीयहरु एकजुट हुँदै नगर प्रमुख राजन पौडेललाई ज्ञापनपत्र बुझाएका हुन् । स्थानीयहरुले आफूहरु कुनै व्यक्तिले अतिक्रमण गरेर […]

सार्वजनिक तथा सरकारी जग्गाको अतिक्रमण हटाउन प्रसौनीको २१ दिने अल्टिमेटम

कलैया । सार्वजनिक तथा सरकारी जग्गामा गरिएको अतिक्रमण हटाउन बाराको प्रसौनी गाउँपालिकाले बिहीबार २१ दिने सूचना जारी गरेको छ। सार्वजनिक सूचना जारी गर्दै गाउँपालिकाले निर्धारित समयभित्र स्वेच्छाले अतिक्रमण हटाउन सम्बन्धित सबैलाई आग्रह गरेको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन कुमार श्रीवास्तवले यस्तो सूचना जारी गरेका हुन्। जारी सूचनामा नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको […]

बन कार्यालय बाराको गस्ती सक्रिय : अबैध भण्डारणमा प्रयोग भएका तीनवटा गाडि नियन्त्रणमा

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित दुधौरा खोलाबाट अवैध रूपमा ढुङ्गा, गिट्टी तथा बालुवा संकलन भइरहेको अवस्थामा डिभिजन वन कार्यालय बाराको गस्ती टोलीले एक जेसीबी र दुई टिपर नियन्त्रणमा लिएको छ। डिभिजन वन कार्यालय बाराका वन अधिकृत राजेश कुमार साहको नेतृत्वमा खटिएको टोलीले आज दिउँसो करिब १२ः४५ बजे उक्त सवारीसाधन नियन्त्रणमा लिएको डिभिजनल बन अधिकृत […]