धनुषा । धनुषाको मिथिला नगरपालिका–९ फुटबल ग्राउण्ड नजिक पूर्व–पश्चिम राजमार्गमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते भएका छन् ।
काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस अर्को बसलाई उछिन्ने क्रममा अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार बसमा ३३ जना यात्रु सवार रहेका थिए । दुर्घटनामा चालकसहित १७ जना घाइते भएका हुन् । घाइतेहरूको लालगढस्थित मोडल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।





