वीरगञ्ज भन्सारको प्रभावशाली प्रदर्शन, सात महिनामै रु १ खर्ब ५४ अर्बभन्दा बढी राजस्व सङ्कलन

गढिमाइ खबर
82 पाठक संख्या

कलैया, १४ चैत/

देशको प्रमुख व्यापारिक नाका मानिने वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो सात महिनामै उल्लेखनीय राजस्व सङ्कलन गर्दै आर्थिक गतिविधिमा सकारात्मक संकेत देखाएको छ।

वीरगञ्ज भन्सार कार्यालयले चालु आवको साउनदेखि माघसम्मको अवधिमा कुल रु एक खर्ब ५४ अर्ब ८४ करोड राजस्व सङ्कलन गरेको जनाएको छ। कार्यालयले यस अवधिमा रु एक खर्ब ७५ अर्ब ३१ करोड राजस्व उठाउने लक्ष्य राखेकोमा ८८ दशमलव प्रतिशत प्रगति हासिल भएको छ।

कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा रु १३ अर्ब ३६ करोड बढी राजस्व सङ्कलन भएको हो, जसले आयात–निर्यात गतिविधिमा वृद्धि भएको संकेत गर्दछ।

महिनागत विवरण अनुसार साउनमा रु १८ अर्ब ४४ करोड, भदौमा रु २० अर्ब ७३ करोड, असोजमा रु १९ अर्ब ९ करोड र कात्तिकमा रु १७ अर्ब ३३ करोड राजस्व सङ्कलन भएको थियो।

त्यसैगरी, मङ्सिरमा रु २० अर्ब ८० करोड, पुसमा रु २० अर्ब २० करोड, माघमा रु १८ अर्ब ९२ करोड र फागुनमा रु १९ अर्ब ३४ करोड राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।

वीरगञ्ज भन्सारको यो उपलब्धिले राष्ट्रिय राजस्व सङ्कलनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै समग्र अर्थतन्त्रलाई सुदृढ बनाउन सहयोग पुगेको देखिएको छ।

साझा गर्नुहोस्