गढीमाईखबर डेस्क
कलैया, १५ चैत/
नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले) बारा जिल्ला कमिटीले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक को पक्राउको विरोधमा बाराको कलैया मा प्रदर्शन गरेको छ।
जिल्ला अध्यक्ष अद्यानन्द पाण्डे को नेतृत्वमा भएको प्रदर्शनपछि एमालेका नेताकार्यकर्ताले जिल्ला प्रशासन कार्यालय, बारामा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र लाई विरोधपत्र बुझाएका छन्।
विरोधपत्रमा २०८२ भदौ २३ र २४ गतेको घटनाको छानबिनका लागि गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको आयोगप्रति सुरुदेखि नै असहमति रहेको उल्लेख गरिएको छ। एमालेले उक्त आयोगको प्रतिवेदनलाई पूर्वाग्रही, प्रतिशोधपूर्ण तथा न्यायिक सिद्धान्तविपरीत रहेको ठहर गरेको छ।
त्यसैगरी, सोही प्रतिवेदनका आधारमा आफ्ना पार्टी अध्यक्ष समेत रहेका ओली र नेपाली कांग्रेसका नेता लेखकलाई गरिएको पक्राउ गैरकानुनी, पूर्वाग्रही तथा लोकतान्त्रिक मूल्यविपरीत भएको एमालेको आरोप छ।
एमालेले दुवै नेताको तत्काल रिहाइको माग गर्दै भदौ २३ र २४ गतेको घटनाको निष्पक्ष छानबिनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न सरकारसँग जोडदार माग गरेको छ।
कलैयामा ओली र लेखकको पक्राउविरुद्ध एमालेको प्रदर्शन, प्रशासनलाई बुझायो विरोधपत्र
साझा गर्नुहोस्





