संघीय संसदको महिला तथा समाजिक समितिको भ्रमण टोली बारामा

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 386
पढ्न लाग्ने समय : 1 मि.

सिकेन्द्र पासवान/
संघिय संसदको महिला तथा समाजिक समितिको ससदीय टोली बारामा आईपुगेको छ ।

टोलीले मंगलवार जिल्ला प्रशासन कार्यालयमा सरोकारवालाहरुसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छ । प्रदेश, संघ र स्थानिय तहको अन्तर सम्बन्धका लागि छलफल तथा अन्तरक्रिया भएको टोलीका प्रमुख साँसद लक्ष्मी परियारले जानकारी दिईन ।

मधेस प्रदेशमा महिला, बालवालिका, जेष्ठ नागकिरहरुको मानव अधिकार, हिंसा, लैगिक यौनिक तथा अल्पसख्यहरुको अवस्थाको वारेमा जानकारी लिने र नितीगत सुधार कसरी हुन सक्छ भने बिषयमा छलफल भएको संसदीय टोलीको प्रमुख परियारले बताईन ।

छलफलमा अवसरमा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल सहित सुरक्षा निकायका प्रमुखहरु, नागरिक समाजका अगुवाहरु, महिला अधिकारकर्मी मानवअधिकारकर्मीहरुको सहभागिता रहेको थियो । सहभागीहरुले जिल्लाको अवस्थाको बारेमा टोलीलाई जानकारी गराएको प्रमुख जिल्ला अधिकारी कटुवालले बताएका छन।

महिला तथा समाजिक समितिको टोलीमा साँसद लक्ष्मी परियार, कृष्णकुमार राई, महेन्द्र लिम्बु, नारायण प्रसाद खतिवडा र दुर्गा बहादुर रावत रहेका थिए । टोलीले मधेशप्रदेशका सभामुख, अर्थराज्यमन्त्री लगायत साँसदहरुसंग पनि छुटाछुटै भेटघाट गरि प्रदेशको अवस्थाको बारेमा जानकारी लिएको थियो ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।