बारामा सुरक्षा चुनौती बढ्यो, एसपी काफ्ले आएयता तीन गोली प्रहारका घटना

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 265 1
पढ्न लाग्ने समय : 2 मि.

बारामा सुरक्षा चुनौती बढेको छ । जिल्लाका विभिन्न स्थानहरुमा दिन दहाडै खुलेआम हत्या, हिंसा र गोली प्रहारका घटनाहरु भएसंगै सुरक्षा चुनौती बढेको हो ।
सोमवार दिउसो जिल्लाको सदरमुकाम समेत रहेको कलैया स्थित निकै व्यस्त सडकमा अज्ञात समुहको गोली प्रहरीबाट कलैया उपमहानगरपालिका वडा नम्बर ६ घर भएका बाल एकता बोडिङ्ग स्कुलका प्रिन्सिपल रुपेश कुमार सर्राफको मृत्यु भएको छ ।
यो घटनाले बाराको प्रहरी प्रशासन माथी नै शान्ति सुरक्षाको प्रश्न उठेको छ । प्रहरी प्रशासनको सेवा प्रवाह मध्येको सवै भन्दा प्रमुख ‘शान्ति सुरक्षा’कायम गर्नु नै हो ।
त्यही भएर जिल्लामा नेपाल प्रहरीको युनिट स्थापना गरिएको छ । शान्ति सुरक्षा चुस्त दुरुस्त राख्नकै लागि सदरमुकाम कलैया स्थित भरत चौकमा प्रहरी विट राख्ने गरिएको छ । प्रहरी विट भएपनि पछिल्लो समय भरत चौकमा प्रहरी प्रशासनको उपस्थिति न्यून देखिन्छ ।
जिल्लाको सदरमुकाम भएकोले प्रहरीको उपस्थिति बाक्लो हुनु पर्नेमा त्यस्तो देखिएको छैन । नेपाल प्रहरी, सशस्त्र प्रहरीको उपस्थिति भरत चौकमा नहुनु दुःखद रहेको नागरिक समाजका अगुवाहरुले बताएका छन् ।
घटना भएको स्थानदेखी मुख्य चौक हुदै जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको दुरी करिब दुईदेखी अढाई सय मिटर मात्र रहेको छ । प्रहरी प्रशासन कै आगाडी यसरी दिन दहाडै गोली प्रहार हुनुले बारामा सुरक्षा संवेदनशिलता बढेको हो ।
शान्ति सुरक्षा कायम गर्ने मुख्य दायित्व नेपाल प्रहरीको हो । तर बारामा केही महिन अघि मात्र नेपाल प्रहरीको नेतृत्व गर्न सरुवा भएर आएका प्रहरी उपरिक्षक सुरेश प्रसाद काफ्ले आएयत तीन वटा गोली प्रहारका घटनाहरु भईसकेका छन । यस अघि पचरौता नगरपालिकामा पनि दुई वटा गोली प्रहार गरी हत्या भएको थियो ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।