राष्ट्रिय परिचय पत्रको फारम भर्न अव आफ्नै पालिकामा पाईने

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 770
पढ्न लाग्ने समय : 1 मि.

राष्ट्रिय परिचयपत्र बनाउन कलैया नै धाउनुपर्ने समस्या समाधान गर्ने सहमति भएको छ ।

राष्ट्रिय परिचयपत्र बनाउन चाहिने अनलाइन फर्म भर्न वारे बुधवार पालिकाहरुको प्रमुखहरुसंगको जिल्ला प्रशासन कार्यालयमा आयोजित सर्वदलिय बैठकबाट यस्तो निणर्य भएको हो । वैठकमा बोल्र्दै प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले अब सवै पालिकाहरुबाटै अनलाईन फर्म भर्न सकिने बताएका हुन ।

राष्ट्रिय परिचयपत्र बनाउने जिल्लाका पुर्वमा रौतहटको बोर्डर, पछिचममा पर्साको वीरगंज, उतरमा मकवानपुरसंग जोडिएको लाल, रतनपुरी र दक्षिणमा भारत बिहारसंग जोडिएका गाँउका जनताहरुले दिनभरीको समय खर्चिएर, आर्थिक खर्च पनि गरेर जिल्ला सदरमुकाम सम्म आउने बाध्यता रहेको थियो ।

सोही समस्यालाई मध्य नजर राख्दै नागरिकको हैरानीलाई सहज बनाउने अभिप्रायका साथ पालिकाहरुबाट नै निशुल्क रुपमा परिचयपत्रको फर्म भर्ने व्यवस्था गरिएको हो । यो कार्यको समन्वय गरि फर्म भरेर मात्र जिल्ला सम्म पठाउने कार्य गर्नका लागि पालिकाका प्रमुखहरुलाई प्रजिअ कटुवालले आग्रह समेत गरेका थिए। यसो भए समय र पैसा पनि बचत हुने प्रजिअ कटुवालको भनाई रहेको थियो ।

बैठकमा निर्वाचन क्षेत्र नम्बर ३ ख का प्रदेशका साँसद पारस साह, सुरक्षा निकायका प्रमुखहरु, बिभिन्न पालिकाबाट आएका प्रमुखहरु, प्रमुख प्रशासकिय अधिकृतहरु, पत्रकारहरु लगायतको सहभागिता रहेको थियो ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।