सिकेन्द्र पासवान
समाजमा बोक्सी हुदैन भने भ्रमबाट माथि उठन सबैलाई वडाअध्यक्ष अशोक तिवारीले आग्रह गरेका छन ।
कलैया उपमहानगरपालिका वडा नम्बर २७ बिजुलपुर स्थित वडा कार्यालयको सभा हलमा आयोजना गरेको मान्छे बोक्सी हुन्न कहिल्यै जनचेतनामुलक कार्यक्रमलाई सम्बोधन गर्दै वडाअध्यक्ष तिवारीले यस्तो कुरा बताएका हुन । बोक्सी भनेर दिनानु दिन कुटपिट, यातना दिदै आएको सर्वबिदितै रहेको छ । त्यति मात्र होईन बोक्सीको कथित नाममा मानव मलमुत्र समेत खुवाउने कामपनि हुने गरेको पाईन्छ ।
रुढीबाढीमा रुम्मलिएको समाज अहिले पनि भ्रमबाट अछुतु रहेको छैन । सो भ्रमबाट चिर्नका लागि र कुनै मान्छे बोक्सी हुन्न कहिल्यै भन्ने कुरा समाजका ब्यतिmहरुलाई मनन गराउनका लागि सचेतनामुलक कार्यक्रम मार्फत जानकारी गराएको राष्ट्रिय जागरण प्रतिष्ठान नेपालका अध्यक्ष कोविद शरण उपाध्यायले बताएका छन ।
राष्ट्रिय जागरण प्रतिष्ठान नेपाल, जिल्ला प्रहरी कार्यालय बारा र वडा कार्यालयको संयुक्त आयोजनामा सो सचेतना कार्यक्रम गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी निरिक्षक जयकृष्ण प्रसाद कुर्मीले रुढीबाढी परम्परालाई हटाउनका लागि समाजका सबै ब्यतिm अग्रसर हुनुपर्ने कुरामा जोड दिए । बोक्सी हुदैन भने कुराको भान राख्न सबैलाई आग्रह गर्दै प्रहरी निरिक्षक कुर्मीले कोई कसैलाई बोक्सी भनेर कुटपिट, यतना दिए त्यसता ब्यतिmहरुलाई कडा भन्दा कडा कारवाही गर्न प्रहरी अग्रसर हुने कुरामा जोड दिए ।
सो कार्यक्रममा वडा सदस्य आल महमद अंसारी, नरेश कुमार कुशवाहा, सचिव प्रमोद कुमार सहनी, पुर्व उप-प्रधान त्रियोगी नारायण राउत, समाज सेवी हृदय नारायण साह, वंशी मियाँ अंसारीको उपस्थिती रहेको थियो । यस्तै उक्त कार्यक्रमा स्थानिय सर्वसधारण, भद्रभलादमी, वुद्धिजिवि, जनप्रतिनिधि, जेष्ठ नागरीक, संचारकर्मी तथा सुरक्षाकार्मीहरु समेत गरी.करिब एक सय ६५ जना व्यक्तिहरूको सहभागिता रहेको थियो ।
कुनै मान्छे बोक्सी हुन्न कहिल्यै“ भन्ने सचेतनामुलक कार्यक्रम चलचित्र माध्यद्वारा प्रशासरण गरि सहभागीहरुलाई देखाएपछि सहभागीहरु अव उपरान्त पनि समाजमा बोक्सी छैन भने कुरा अरुलाई समेत बुझाउने प्रतिवद्धता ब्यतm गरेका थिए ।