निजगढका विपन्न बिद्यार्थीहरुलाई पोषाक वितरण

गढिमाइ खबर
104 पाठक संख्या पढ्न लाग्न समय 2 मिनेट
पढ्न लाग्न समय 2 मिनेट

समुन्नत महिला बहु उद्धेश्यिय सहकारी संस्था निजगढले विपन्न बिद्यार्थीहरुलाई बिद्यालय पोषाक वितरण गरेको छ ।

निजगढ नगरपालिका कार्यपालिका लक्षित कोषको कार्यक्रम मार्फत सहकारीले नगरपालिका क्षेत्र भित्रका विभिन्न बिद्यालयका बिद्यार्थीहरुलाई बिद्यालय पोषाक वितरण गरेको हो ।

शुक्रबार वडा नम्बर ४ को श्री नेपाल राष्ट्रिय आधारभुत बिद्यालय र श्री जनकल्याण आधारभुत बिद्यालयमा पोषाक वितरण गरेको हो । पुर्वमेयर सुरेश कुमार खनालको प्रमुख आतिथ्यतामा शुक्रवार दुई वटा बिद्यालयहरुमा पोषाक वितरण गरिएको हो । पोषाक वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुदै पुर्व मेयर खनालले शिक्षाको गुस्तरियतामा बिद्यालयहरुले जोड दिनुपर्ने बताएका छन । उनले २१ औं शताब्दीको प्राणको रूपमा शिक्षा रहेको बताउदै निजगढको शैक्षिक स्तर वृद्धि गर्न आफ्नो सहयोग निरन्तर रहने प्रतिबद्धता जनाए ।

सहकारीले हालसम्म शिक्षाशक्ति नमुना आधारभुत बिद्यालय भरतगन्ज सिङ्गौललाई १५ थान, नेपाल राष्ट्रिय आधारभुत बिद्यालय निजगढलाई ६० थान, जनकल्याण आधारभुत बिद्यालय वडा नम्बर ४ लाई ८३ थान, बालबिकास आधारभुत बिद्यालय वडा नम्बर ६ लाई २५ थान, नेत्रोदय माध्यमिक बिद्यालय योजनालाई १५ जोर, जनज्योती आधारभुत बिद्या लय वडा नम्बर ९ लाई २० जोर, नेपाल राष्ट्रिय आधारभुत बिद्यालय लाललाई २० जोर, नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय रतनपुरिलाई २० जोर, मन्जुश्री आधारभुत बिद्यालयलाई २४ जोर बिद्यालय पोषाक वितरण गरिसकेको सहकारीकी अध्यक्ष कल्पना खरेलले बताईन ।

कार्यक्रम अन्तर्गत नगर क्षेत्रका अन्य बिद्यालयका विपन्न बिद्यार्थीहरुलाई पनि पोषाक वितरण गरिने अध्यक्ष खरेलले बताईन । सार्वजनिक माध्यमिक बिद्यालय बाघदेवलाई ६० थान,श्री जनजागृती आधारभुत बिद्यालय वडा नम्बर ५ लाई ४५ थान,श्री बकैया ठाकुर माध्यमिक बिद्यालय खयरघारिलाई ६३ थान र श्री गौरीशंकर माध्यमिक बिद्यालय सहिद चोकलाई ४० थान पोषाक वितरण गरिने सहकारीकी अध्यक्ष खरेलले बताएकी छिन ।

आर्थिक रुपमा विपन्न बिद्यार्थिहरुलाई शैक्षिक वातावरणकोलागी प्रेरित गर्ने उद्धेश्यले यश खाल्को योजना निर्माण गरेको कार्यपालिका सदस्य मिना चौरेलले बताउनुभयो । सहकारी मार्फत संचालित गार्मेन्ट बाट उत्पादित कपडा मार्फत बनाइएको पोषाक कार्यपालिका लक्षित कोष मार्फत संचालित कार्यक्रम अनुसार पोषाक वितरण गरिएको सहकारीकी अध्यक्ष उषा लामा मोक्तानले जानकारी दिएकी हुन ।

कार्यक्रममा निजगढ नगरपालिकाकी कार्यपालिका सदस्य मिना चौरेल,शर्मिला सुनार,अरुणा विश्वकर्मा लगायत वडा सदस्य लगायत स्थानीय समाजसेवीहरुको सहभागिता रहेको थियो ।

साझा गर्नुहोस्