अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अन्तरक्रिया

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 270
पढ्न लाग्ने समय : 2 मि.

लक्ष्मी खरेल/
साथ साथ सिकाई संजालले ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मार्च ८ का दिन होली पर्व परेकाले संजालले सोमबार कलैया स्थित सिद्धेश्वर विद्यालयमा उक्त अन्तरक्रिया कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले हिंसात्मक गतिविधिमा संलग्न पिडकहरुकै पक्षमा राजनीतिक दलहरु लागि पर्दा पिडितले न्याय नपाउने अवस्था सृजना भएको बताएका छन । नेपाल प्रहरीको महिला सेलमा आएका मुद्दाहरुमा समेत राजनीतिक दवावले भुमिका खेल्ने हुँदा पिडित झनै पिडित हुने गरेको उनीहरुको भनाइ थियो।

उनीहरुका अनुसार हिंसा विरुद्ध न्याय खोज्दा घरबार विहिन हुनुपर्ने अवस्थाका महिलाहरुलाई आवासका लागि नगरपालिकाले सुरक्षित आवासको निर्माण गर्नु अति आवश्यक छ ।

सबैखालको जिम्मेवारी वहन गर्नुपर्ने प्रहरीलाई गलत तवरले अल्झाउँदा न्याय सम्पादनमा समय बढी लाग्ने गरेको महिला सेलका भिमलाल ओलीले बताए । उनले तराईका महिलाहरु प्रत्येक दिन विकृतिको कारण मरेतुल्य जीवन बाँचिरहेको विषयलाई आत्मसात गर्दै हरेकले सकारात्मक प्रयास गर्नु आवश्यक रहेको बताए ।

ससर्त अनुदानबाट प्राप्त भएको तथा पालिकाले समेत थपेर हिंसा निवारण कोष बनाएको जानकारी गराउँदै यसबाट आवश्यकता अनुसार सीप सिकाई जिविकोपार्जनमा लगाउन सकिने कलैया उपमहानगरपालिकाका महिला बालबालिका शाखा प्रमुख नेहा केशरीले बताईन् ।

अन्तरक्रियाको समापन गर्दै साथसाथ सिकाई संजालका अध्यक्ष सरस्वती खरेलले हिंसामा शुन्य सहनशीलताका लागि संजाल कृयाशिल हुने बताइन् ।

कार्यक्रममा निभा जैसवाल, बबिता जैसवाल, शिला जैसवाल, शिला साह, लक्ष्मी खरेल, मञ्जु सुवेदी लगाएतका महिला अधिकारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण मिना गुप्ताले गरेकि थिइन् ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।