एमालेका किसान श्रेष्ठलाई पछि पार्दै रहवर अंसारीको शानदार जीत

गढिमाइ खबर
178 पाठक संख्या

सिमरा २३ फाल्गुन /
बारा निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रहवर अंसारी भारी मतान्तरसहित विजयी भएका छन्।

अंसारीले ४१ हजार २०० मत  प्राप्त गर्दै आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका किसान श्रेष्ठलाई ठूलो अन्तरले पराजित गरेका हुन्।

एमालेका श्रेष्ठले ११ हजार ६ सय ३९ मत प्राप्त गरेका छन्।

‎यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार श्यामबाबु गुप्ताले ७ हजार १ सय २३ मत प्राप्त गरेका छन्।

‎अंसारीले प्रतिस्पर्धी उम्मेदवारहरूलाई उल्लेख्य मतान्तरले पछि पार्दै बारा–४ मा रास्वपाको प्रभाव देखाएका छन्।

निर्वाचन परिणाम सार्वजनिक भएसँगै अंसारी समर्थकहरूले सिमरासहित विभिन्न स्थानमा विजयोत्सव मनाउन थालेका छन्।

साझा गर्नुहोस्