निर्वाचन मौन अवधिमा मर्यादित र सुरक्षित रूपमा होली मनाउन जिल्ला प्रशासन बाराको आग्रह

गढिमाइ खबर
133 पाठक संख्या

‎बारा,कलैया
जिल्ला प्रशासन कार्यालय बारा, कलैयाले फागु/होली पर्व २०८२ लाई मर्यादित, सभ्य र अनुशासित ढंगले मनाउन जिल्लावासीमा आग्रह गरेको छ। यस वर्ष फागु पूर्णिमा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मौन अवधिभित्र परेकाले निर्वाचन सुरक्षा संवेदनशीलता र निर्वाचन आचारसंहिता पालनामा विशेष ध्यान दिन प्रशासनले अनुरोध गरेको हो।

हायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईद्वारा जारी सूचनामा होली पर्वले सुख, शान्ति, उन्नति, प्रगति, समृद्धि तथा आपसी सद्भाव र सौहार्दता अभिवृद्धि गर्न सहयोग पुगोस् भन्ने शुभकामना व्यक्त गरिएको छ।

प्रशासनले राजनीतिक दल, उम्मेदवार, दलका प्रतिनिधि, भातृ संगठन, मतदाता तथा सम्पूर्ण जिल्लावासीलाई शान्तिपूर्ण वातावरण कायम राख्न आग्रह गरेको छ।
मुख्य आग्रहहरू:

१.निर्वाचन आचारसंहिता, २०८२ को पूर्ण पालना गर्ने र उल्लङ्घन भएमा सम्बन्धित निकायमा जानकारी गराउने।

२. होलीको दिन भीडभाड हुने कार्यक्रम नगर्ने तथा होलीका सामग्रीमा राजनीतिक दलको लोगो, उम्मेदवारको फोटो वा नारा प्रयोग नगर्ने।

३.कसैको इच्छा विपरीत जबर्जस्ती रंग नदल्ने तथा अमर्यादित व्यवहार नगर्ने।

४.मादक पदार्थ सेवन नगर्ने, सेवन गरेर सवारी नचलाउने तथा सार्वजनिक स्थानमा होहल्ला र चर्को आवाजमा डिजे नबजाउने।

५.पटका, आतिशबाजी जस्ता गतिविधि नगर्ने र छिमेकीलाई असर पर्ने कार्य नगर्ने ।

६.सकेसम्म आफ्नै घरपरिवारभित्र सुरक्षित रूपमा होली मनाउने ।          ‎प्रचलित कानून वा निर्वाचन आचारसंहिता विपरीत कार्य गरे कडा कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।जिल्ला प्रशासन कार्यालयले सबै सरोकारवालालाई धार्मिक सहिष्णुता र आपसी सद्भाव कायम राख्दै शान्तिपूर्ण रूपमा होली पर्व मनाउन हार्दिक आह्वान गरेको छ।

साझा गर्नुहोस्