आमाको नामबाट बारामा दुई जनालाई अङ्गीकृत नेपाली नागरिकता प्रदान

गढिमाइ खबर
137 पाठक संख्या

नागरिकता ऐन संशोधनपछि पहिलोपटक जिल्लामा यो व्यवस्था कार्यान्वयनमा आएको हो।

जिल्ला प्रशासन कार्यालय बाराका अनुसार कलैया उपमहानगरपालिका–५ निवासी कान्ती देवी कुर्मीका छोरा सुरत राउत तथा कलैया उपमहानगरपालिका–४ निवासी चन्द कुमारी क्षेत्रीका छोरा सागर सिंहले आमाको नामबाट अङ्गीकृत नेपाली नागरिकता प्राप्त गरेका हुन्।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले नेपाल नागरिकता (दोस्रो संशोधन) ऐन, २०६३ तथा नेपाल नागरिकता नियमावली (चौथो संशोधन), २०६३ बमोजिम उनीहरूलाई नागरिकताको प्रमाणपत्र प्रदान गरिएको जानकारी दिए।

नागरिकता ऐनमा गरिएको संशोधनपछि आमाको नामबाट समेत नागरिकता प्राप्त गर्न सकिने स्पष्ट कानुनी व्यवस्था भएपछि बारामा पहिलोपटक यो प्रक्रिया लागू गरिएको प्रशासनले जनाएको छ।

आमाको नामबाट नागरिकता वितरण सुरु भएसँगै नागरिकताको पहुँचबाट वञ्चित नागरिकहरूलाई सहजता मिल्ने अपेक्षा गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले कानुनी प्रक्रिया पूरा गरी योग्य नागरिकलाई नागरिकता उपलब्ध गराउने कार्यलाई निरन्तरता दिने जनाएको छ।

साझा गर्नुहोस्