करेन्ट लागेर एक जनाको मृत्यू

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 566
पढ्न लाग्ने समय : 1 मि.

बारामा करेन्ट लागेर एक जनाको मृत्यू भएको प्रहरीले जनाएको छ ।

मृत्यू हुनेमा महागढीमाई नगरपालिका वडा नम्बर २ ईनर्वा टोल बस्ने बर्ष ६५ का रामआशिष राउत कुर्मी रहेको बाराका प्रहरी उपरिक्षक दिलिप सिंह देउवाले बताएका छन ।

खेतमा रोपाई गर्नेका लागि मोटरबाट पानी खेतमा हाल्ने क्रममा तार छातीमा टासी गम्भिर घाईते भएका राउतको कलैया स्थित प्रदेशिक अस्पतालमा उपचारको क्रममा उनको मृत्यू भएको प्रहरीले जनाएको छ ।

मृतकको शव पोष्टमार्टम गरि परिवारजनको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।