प्रहरीको कुटपिटबाट वडाध्यक्ष महर्जनको आँखामा चोट

गढिमाइ खबर
पढ्न लाग्न समय 3 मिनेट

वीरगञ्ज महानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष हिराकाजी महर्जनलाई प्रहरीले कुटपिट गरि आँखा फुटाई दिएको आरोप लगाएका छन । बुधवार आफनै वडामा पत्रकार सम्मेलन गरि उनले प्रहरी चौकी नगवाका सईले आँखामा प्रहार गरि घाईते बनाएको आरोप लगाएका हुन ।

आईतबार राति दशैंको अष्ठमीका राति स्थानीय युवाहरुले टोलमै साँस्कृतिक जागरण कार्यक्रम गर्ने बिषयमा भएको छलफलको क्रममा नगवाका सई रबिन्द्र तुरहाले आफनो आँखामा प्रहार गरेको पत्रकार सम्मेलनमा वडाध्यक्ष महर्जनले बताए ।उनले राति साढे ११ बजेको समयमा नवरात्रीको अवसरमा टोलमै साँस्कृति जागरण कार्यक्रमको लागि युवाहरुले आफुलाई बोलाएर प्रहरीसित कार्यक्रम गर्न दिन भनि छलफलको क्रममा प्रहरीले एक जना युवकलाई पक्राउ गरेर लैजान खोज्दा सोही क्रममा बिबाद भएको वडाध्यक्ष महर्जनको भनाई छ ।

राति साढे ११ बजेको समयमा युवाहरुले आफु सुतिरहेको बेलामा उठाएर लगेको तथा टोलमै साँस्कृतिक जागरण कार्यक्रम गर्न दिन प्रहरीसित कुरा गर्न भनेकोमा कुरा गरिरहेकै बेलामा नगवाका सई तुरहाले थप प्रहरीहरु बोलाएर आफुमाथि बिना कारण आक्रमण गरि आँखामा चोट पुरयाएको महर्जनले गुनासो गरे । आफु दशैंको बेला भएकोले रक्सी सेवन गरेको स्विकार गर्दै तर त्यसक्रममा कसैसित दुर्बब्यावहार भने नगरेको दाबी उनले गरेका थिए ।

आँखामा चोट लागेपछि आफु काठमाडौंमा उपचार समेत गराएको महर्जनको भनाई छ । पत्रकार सम्मेलनमा उपस्थित भएका वडा नम्बर २० का वडाध्यक्ष रामकिशोर सिँहले प्रहरीको रबैया जनप्रतिनिधीप्रति राम्रो नभएको बताएका थिए ।

वीरगञ्जमा नै रात्रि बजार लाग्दा प्रहरीले सुरक्षा दिएको तर वडाध्यक्षले आफनो वडामा धार्मिक कार्यको लागि कार्यक्रम गर्न खोज्दा हस्तक्षेप गर्नु उचित नभएको बताए ।उनले जनप्रतिनिधीहरु प्रति प्रहरीको ब्यावहारले दुख लागेको भन्दै प्रहरीले जनतासँगै जनप्रतिनिधीको पनि सुरक्ष ा गर्नुपर्ने माँग गरे ।

यस्तै वीरगञ्ज महानगरको वडाध्यक्ष लाई नै प्रहरीले कुटपिट गर्नु निन्दनीय भएकोले घटनामा सँलगन प्रहरीलाई कारवाही गर्न महानगरका कार्यपालिका सदस्य कन्हैया ठाकुरले माँग गरे । उनले कारवाही नभए पेन डाउन गरेर आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका थिए ।

अष्ठमीको राति वीरगञ्ज ७ मै कार्यक्रम गर्न लागदा राति साढे ११ बजे भएको भन्दै प्रहरीले गर्न दिएको थिएन । सोहीक्रममा प्रहरी र वडाध्यक्ष महर्जनबीच बिबाद भएपछि रक्सी खाएर होहल्ला गरेको भन्दै प्रहरीले वडाध्यक्ष महर्जनलाई रात भरि थुनामा राखेर छाडेको थियो ।

नेपाली काँग्रेसबाट निर्बांचित भएका वडाध्यक्ष महर्जनले गरेको बुधबारको पत्रकार सम्मेलनमा काँग्रेसबाट निर्बाचित महानगरको वडा नम्बर ४ का वढाध्यक्ष जगत साह कानु,२७ का वडाध्यक्ष हृदय नारायण कुर्मी,२८ का वडाध्यक्ष जयनारायण महतो लगायत काँग्रेस नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *