बाराको गणनास्थलमा कडा सुरक्षा, मतगणना १० बजे पछी

गढीमाईखवर डट कम
पढ्न लाग्न समय 1 मिनेट

कलैया । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना आज हुने भएको छ । बाराको ४ वटै निर्वाचन क्षेत्रको छुट्टाछुट्टै गणनास्थलमा मतगणनाको लागि सर्वदलीय बैठक बस्ने भएको छ ।

निर्वाचन क्षेत्र नम्बर १ मा ९ बजे, निर्वाचन क्षेत्र नम्बर २ मा ८ बजे, निर्वाचन क्षेत्र नम्बर ३ र ४ मा १० बजे सर्बदलिय बैठक बस्ने भएको जिल्ला निर्वाचन कार्यालय बाराले जनाएको छ । सर्वदलीय बैठक मा सहमति पछी मतगणना हुने छ । मतगणनास्थलमा कडा सुरक्षाकर्मी परिचालन गरिएको छ । मतगणनास्थलमा तारजाली सहित सिसीटिभी क्यामेरा जडान गरिएको छ ।

निर्वाचन क्षेत्र नम्बर १ को मतगणना कोल्हबी स्थित नगरपालिकाको सभा हल , क्षेत्र नम्बर २ को बरियारपुरस्थित गढीमाइ महेन्द्र उच्चमावि, क्षेत्र नम्बर ३ को कलैया उपमहानगरपालिका वडा नम्बर ३ गंगापुरस्थित शैक्षिक तालिम केन्द्र र क्षेत्र नम्बर ४ को सिमरा स्थित नेपाल राष्ट्रिय उच्च मावि मतगणना हुने छ ।

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *