सिकेन्द्र पासवान/
जंगली बाघको आक्रमणबाट एक युवकको ज्यान गएको छ । जितपुरसिमारा उमहानगरपालिका १६ टाँगियाबस्ती बस्ने अदाजी ३१ बर्षका सुरेस मगरको बाघको आक्रमणबाट ज्यान गएको प्रहरी प्रवतmा राजेश थापाले जानकारी दिनुभयो ।
सोमबार विहान ९ बजेको सयममा जिल्लाको कोल्हबी नगरपालिका वडा नं.२ नजिकै तामागढी सझेदारी वनमा घाँस काट्न गएका मगरलाई बाघले आक्रमण गरेको थियो ।
मगर सहित ४ जना जंगल गएका थिए । मगरलाई बाघले आक्रमण गरेपछि अन्य साथीहरुले होहल्ला गरी बाघ भगाए । बाघको आक्रमणबाट गम्भीर घाईते बनेका मगरलाई ३ जना साथी मिलेर घरतर्फ ल्याउँदै गर्दा उनको जंगलमै मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।
घटना विहानको भएपनि प्रहरीले अपराहन्न साढे ३ बजे मात्रै खबर पाएको थियो । प्रहरी निरिक्षक सन्तोष कुमार दाहाल नेतृत्वको टोलीले घटनाको मुचुल्का गरी घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको बाराका प्रहरी प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिनुभयो ।