रञ्जन यादव/
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १९ ईनर्वासिरामा नसर्ने रोगहरुको स्क्रिनिङ्ग शिविर विहिवारसम्पन्न भएको छ ।
शिविरमा ३ सय १० जनाको स्क्रिनिङ्ग गरिएकामध्ये उच्च रक्तचाप र चिनी रोगका बिरामीहरुलाई निशुल्क औषधी बितरण गरिएको उपमहानगरपालिकाको जनस्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख रबि भाष्करले जानकारी दिए ।
शिबिरमा उच्च रक्तचापका पुरुष १३ जना र महिला नौ जना गरी २२ जना बिरामी चेकजाँच गराएका थिए ।त्यस्तै चिनी रोगको पुरुष १७ जना र महिला ३५ जना गरी ५२ जना बिरामीले शिविरमा लाभ लिएको जनस्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख भाष्करले बताए ।
जीतपुरसिमरा अस्पतालका चिकित्सक स्वास्थ्यकर्मी र स्वयसेबिकाहरुले प्राबिधिक सेवा प्रदान गर्नुभएको थियो । उपमहानगरपालिकाको ग्रामिण बस्तीको बासिन्दाहरुलाई मध्यनजर गर्दै शिविर सञ्चालन गरिएको सिनियर अहेब अधिकृत जितन ठाकुरले जानकारी दिनुभयो ।
समुदायमा रहेको नसर्ने रोगहरु पत्ता लगाउँनु र समुदायलाई निरोगी बनाउँनु शिविरको मुख्य उदेश्य भएको ठाकुरले जनाएको । उपमहानगरपालिकाको अन्य ग्रामिण तथा बिकट वडाहरुमा यो शिबिर सञ्चालन गर्ने योजना रहेको जनस्वास्थ्य प्रबद्र्धन शाखाले जनाएको छ । शिविरमा रोगीहरुको उचाई नाप्ने ,तौल नाप्ने ,रक्त चाप नाप्ने र चिनी जाँच्ने काम भएको थियो ।
शिविरमा जितपुरसिमराका मेसु डा. प्रशान्त बर्णवाल ,डा. दिपक गिरी लगायतले बिरामीहरुको चेकजाँच गरेका थिए ।