बरियारपुर :बाराको महागढीमाई नगरपालिका अन्तर्गत वडा नम्बर–१ बरियारपुर स्थित शक्तिपीठ गढीमाई मन्दिर परिसर शुक्रवार बिहानैदेखि दिनभर तनावग्रस्त बनेको थियो ।
स्थानीय केही बालकहरुलाई नगरप्रहरीले बिहीबार साँझ मन्दिर परिसरमा परेवा चोरीको आरोप लागउदै निर्घाट कुटपिट गरेपछि स्थानीयहरुले शुक्रवार प्रर्दशन गरेका हुन ।
माघे संक्रान्ती पर्वमा गढीमाई मन्दिरमा उडाईएको परेवा समात्न खोज्ने केही बालकलाई नगरप्रहरीले कुटपिट गरेको बिषयलाई लिएर विवाद उत्पन्न भएको वडा नम्बर १ का वडा अध्यक्ष मनोज गुप्ताले बताएका छन ।
आक्रोशित स्थानीयहरुले नगर प्रमुख उपेन्द्र यादव स्थानीयको घेराबन्दीमा परेपछि स्थिति नियन्त्रणमा लिन प्रहरी परिचालन नै गर्नुपरेको थियो । स्थानीयले महागढीमाईका नगर प्रमुख उपेन्द्र प्रसाद यादव र नगर प्रहरीलाई विवाह मण्डपको भवनभित्र घेराबन्दीमा राखेका थिए ।
घटनालाई स्थितीमा नियन्त्रणमा लिनका जिल्ला प्रहरी कार्यालय बाट प्रहरी नायब उपरिक्षक(डिएसपी) प्रकाश सापकोटाको नेतृत्वमा टोली परिचालन गरिएको थियो ।
लामो समय डिएसपी नेतृत्वको टोलीले मेयर यादव र नगर प्रहरीलाई सुरक्षा प्रदान गरिरहेको थियो । भने दिउसो करिब ३ः३० बजेतिर भिडलाई तितरबितर गर्दै प्रहरीले स्थानीयहरुको घेराबन्दीबाट मेयर र नगर प्रहरीलाई मुक्त गराउन सफल बनाएको स्थानीय प्रत्यक्षदर्शिहरुले बताएका छन ।
यधपी मेयर यादवले शुक्रबार साँझ नै केही पत्रकारहरुसंग कुरा गर्दै आफुलाई कसैले पनि घेराबन्दी गर्न नसक्ने भन्दै चेतावनी दिएका छन ।









