फेटामा गहुँबालिमा भिषण आगलागी,किसानहरुले लगाएको करिब ६ बिघा गहुंबाली जलेर नष्ट

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 286
पढ्न लाग्ने समय : 1 मि.

बाराको फेटा गाउँपालिका ७ कुकुरभुका टोलमा शनिवार अपरान्ह गहँबालिमा भिषण आगलागी भएको छ ।

आगलागिका कारण किसानहरुले लगाएको करिब ६ बिघाको तयारी भएको गंहुबालि जलेर नष्ट भएको फेटा गाउँपालिकाका अध्यक्ष अमिरीलाल प्रसादले जानकारी दिए ।

दिउंसो करिब ३ बजेको समयमा स्थानीय हरिनारायण यादवको खेतबाट सुरु भएको आगोले स्थानीय प्रशुराम पटेल, राजेन्द्र महतो, लालबहादुर राउत, चन्देश्वर महतो लगायत २५ जना भन्दा बढी किसानको खेतमा लगाएको गहुंबाली जलेर नष्ट भएको अध्यक्ष प्रसादले बताए ।

आगालागी शुरु हुना साथ स्थानीय गाँउले, नेपाल प्रहरी र सशस्त्र प्रहरी र नेपाली सेनाले आगो निभाउने प्रयास गरेपनि जोडले चलेको हावाका कारण आगो नियन्त्रण हुन नसकेको प्रहरीले जनाएको छ ।

आगो नियन्त्रणमा नआएपछि बिरगंज महानगरपालिका र कलैया उपमहानगरपालिकाको बारुणयन्त्र मगाएर आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

आगलागिमा मानविय क्षति नभएपनि पाकेर घर भित्राउने अवस्थामा रहेको लाखौ रुपैया वरावरको करीब ६ बिघाको गंहु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी गराएको छ ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।