संघीय मन्त्रालयले निमित्त प्रशासनिक नेतृत्व मुक्त बनायो,बाराका छ पालिकाको एकसाथ अधिकृतको हेरफेर

गढिमाइ खबर
208 पाठक संख्या

कलैया, १३ भदौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पहिलो पटक देशभरका ७ सय ५३ वटै स्थानीय तहहरुमा निमित्त प्रमुख प्रशासकीय अधिकृत मुक्त बनाएको छ ।

सामान्य प्रशासन मन्त्रालयले भगवती न्यौपानेले एकैपटक १२२ जना उपसचिव र ९७ जना शाखा अधिकृतको सरुवा गरेर स्थानीय तहहरुम निमित्त प्रमुखहरुको अन्त्य गर्नु भएको हो । करिब १०५ नगरपालिका र ८६ गाउँपालिकाहरुमा यसअघि निमित्त प्रमुख प्रशासकीय अधिकृतकै भरमा सञ्चालन हुदै आएको थियो तर मन्त्री न्यौपानेले अहिले सम्मकै उत्कृष्ट कार्य गदै सबै स्थानीय तहमा दरबन्दी अनुसार प्रशासकीय अधिकृत खटाइएपछि पूर्ण जिम्मेवारी सहितको स्थानीय तहमा प्रशासनिक नेतृत्व सुनिश्चित गरिएको मन्त्री न्यौपानेले बताइन् ।

योसंगै बाराका ६ वटा स्थानीय तहहरुका प्रमुख प्रशासकीय अधिकृत हरु पनि एकसाथ हेरफेर गरिएको छ। मन्त्रालयले विभिन्न निकायमा कार्यरत उपसचिव र शाखा अधिकृतलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत बनासंगै बाराका ६ वटा पालिकाले दरबन्दी अनुसारको प्रशासनिक प्रमुख पाएका छन ।

संघीय मन्त्रालयले महागढीमाई नगरपालिका, सिम्रौनगढ नगरपालिका, पचरौता नगरपालिका,करैयामाई गाउँपालिका, प्रसौनी गाउँपालिका र बारागढी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतहरु हेरफेर भएका छन ।

मन्त्रालयले महागढीमाई नगरपालिकामा गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अन्तर्गतका उप–सचिव भेषराज रिजाल, सिम्रौनगढ नगरपालिकामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतका उप–सचिव राधा देवकोटा र पचरौता नगरपालिकामा लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अन्तर्गतका उप–सचिव कृष्ण प्रसाद गौतम पठाएको छ ।

यसैगरी करैयामाई गाउँपालिकामा मिथिला बिहारी नगरपालिका (धनुषा) का प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव, प्रसौनी गाउँपालिकामा गृह मन्त्रालय अन्तर्गतका शाखा अधिकृत जयचन्द्र साह, र बारागढी गाउँपालिकामा देवाही गोनाही नगरपालिका (रौतहट) का प्रमुख प्रशासकीय अधिकृत धनञ्जय प्रसाद दासलाई जिम्मेवारी दिईएको छ । संघीय मन्त्रालयले गरेको सरुवाले अब बाराका १६वटै पालिकाहरुमा निमित्त प्रशासकीय अधिकृत मुक्त भएको छ ।

साझा गर्नुहोस्