अख्तियारद्वारा नगर प्रमुख धर्मेन्द्र पटेलसहित ४ कर्मचारी पक्राउ

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 549
पढ्न लाग्ने समय : 1 मि.

रौतहटको देवाही गोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र प्रसाद पटेल सहित ४ जनालाई अख्तियार दुरुपयोग आयोगले आइतवार पालिकाको कार्यालयबाटै नगद घुस र घुस वापतको चेक सहित पक्राउ गरेको छ ।

उपभोक्ता समितिबाट भवननिर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी दिने क्रममा बिभिन्न बहाना बनाई सेवाग्राहीसँग ५ लाखघुस-रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीद्वारा नगर प्रमुख पटेल सहितउनका सहयोगी अशोक प्रसाद पटेल, योजना शाखाका प्रमुख मुकेश पटेल र सह–लेखापाल प्रदिपकुमार यादवलाई पक्राउ गरिएको अऋितयारका प्रवक्ता श्याम भण्डारीद्वारा जारी विज्ञप्तीमा जनाएको छ ।

दुई लाख पचास हजार नगद र त्यतिकैको अर्को चेक सहित उनीहरु पक्राउ परेकाहुन् । उनीहरुबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

 

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।