नारायणीमा बिरामीको चाप बढयो

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 328
पढ्न लाग्ने समय : 1 मि.

राम मण्डल/
मौसममा आएको परिबर्तनका कारण वीरगञ्जस्थित नारायणी अस्पतालमा बिरामीहरुको संख्यामा बृद्धि भएको छ । अस्पतालमा अहिले बिरामीहरुको चाप बढेको छ । पानी परेर चर्को घाम लागेपछि मानिसहरु बिरामी पर्न थालेका छन ।

मौसममा आएको परिबर्तनले ज्वरो रुघाखोकी, जिउ दुख्ने जस्ता समस्या लिएर बढी बिरामीहरु अस्पतालमा पुगिरहेका छन । नारायणी अस्पतालको ओपिडीदेखि ईमरजेन्सी सम्मको वार्ड अहिले बिरामीहरुका कारण भरि भराउ हुने गरेको अस्पतालले जनाएको छ ।

त्यस्तै ल्याबमा समेत मानिसहरुको चाप बढेको छ । बिरामीहरुको संख्या बढेपछि ल्याबदेखि ओपिडी टिकट काउन्टरसम्म उपचार गराउन आउनेहरुको भीड बढेको छ । बिरामी परेपछि अस्पतालमा जाँच गराउनको लागि आएको वीरगञ्ज महानगरपालिका श्रीपुरका मोतिलाल रामले बताए ।

नारायणी अस्पतालमा बिरामीदेखि उनीहरुका कुरुवाहरु पनि अस्पतालमा बिहानै देखि भिड लाग्ने गरेको अस्पतालको समाजिक बिकाश शाखाका प्रमुख सोनालाल चौरसियाको भनाई छ । अहिलेको मौसममा घामबाट बच्ने र लामखुटेको टोकाईबाट बच्न सके ज्वोरो, टाउको दुख्ने, रुघाखोकी लगायतका समस्याबाट बच्न सकिने बताउनु हुन्छ अस्पतालका चिकित्सक डा.सन्दिप गुप्ताले बताए ।

मनुसुन निष्क्रिय भएपछि चर्को घामले गर्मी बढेसँगै अधिकाँशलाई ज्वरो, राघाखोकी, टाउको, जिउ, हातखुटटा दुख्ने जस्ता समस्याहरु देखिएको गुप्ताले बताएका छन् । यस्तो समयमा लामखुट्टेको वृद्धि भई डेंगी जस्ता रोगहरुको पनि जोखिम उत्तिकै रहेको उनको भनाई छ ।

 

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।