जीतपुरमा अस्पताल बनाउनुपर्ने स्थानीयहरुद्धारा माग

गढीमाईखवर डट कम
111 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

रञ्जन यादव,जीतपुर । जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुरमा अस्पताल बनाउँन माग गरिएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको बिभिन्न ठाउँमा अस्पताल बनाउँने कुरा भईरहदा जीतपुरमा अस्पताल बनाउँनुपर्ने माग आएको हो ।

जीतपुर उपमहानगरपालिकाको सदरमुकाम र बढ्दो जनघनत्वको ठाउँ भएकाले सुबिधा सम्पन्न अस्पताल निर्माण गर्नुपर्ने जीतपुरसिमरा नगरउद्योग बाणिज्य संघका महासचिव प्रकाश गिरीले माग गर्नुभयो ।

जीतपुरमा पहिलादेखि नै अस्पताल बनाउँनुपर्ने गृहकार्य भईरहेको र ठाउँ पनि हेरिसकिएका कारण जीतपुरमा अस्पताल बनाउँनुपर्ने धारणा राख्नुभयो । जीतपुर बजारमा भएको छलफलमा जीतपुरका अगुवाहरुले उपमहानगरको सदरमुकाममा एउटा अस्पताल नहुनु दुखको कुरा भएको बताएका थिए ।

छलफलमा नेपाली काँग्रेसका कृष्णब्रत सिँह , नगर उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष संजय साह, संस्थापक अध्यक्ष घनश्याम गिरी, समाजसेवी प्रशुराम गिरी, लोसपाका शिवजी साह, समाजसेवी कपिलदेव यादव, तसौवर हुसेन  लगायत स्थानीय ब्यपारि र भद्रभलादमीहरुको उपस्थित रहेको थियो ।

ट्यागहरू :
साझा गर्नुहोस्