महागढीमाई नगरपालिकाको नगरप्रमुख उपेन्द्र प्रसाद यादवद्वारा विश्व प्रसिद्ध गढीमाई परिषरमा विभिन्न जातिको बिरुवा आज बृक्षरोपन गरिएकोछ ।
महागढीमाई नगरपालिका वडा नं – १ बरियारपुर अवस्थित बिश्व प्रसिद्ध गढीमाई मंन्दिर परिषरमा आठ प्रकारको ५० वटा बिरुवा रोपिएको हो ।
शाल , रुद्राक्ष, महङ्गनी, सगवान , सखुवा , गुलमोहर , सपेता ,र अन्य जातिका बिरुवा रोपिएको छ ।विश्व प्रसिद्ध गढीमाई मंन्दिरको सुन्दरता र स्वच्छ बाताबरणका लागि मंन्दिर वरिपरि चार सय भन्दा बढी विभिन्न जातिको बिरुवा रोप्ने नगरप्रमुख उपेन्द्र यादवले बताउनु भएकोछ।उहाँको अनुसार महागढीमाई नगरपालिका अन्तरगत मझरियामा शिव र पार्बती मंन्दिर जाने बरियारपुर कवही गोठ सडक खण्डमा बृक्षरोपन गर्ने बताए ।
महागढीमाई नगरपालिकाको मुख्य मुख्य सडकमा बृक्षरोपन गरि जिल्लामा प्रथम हरियो नगरपालिकाको रुपमा घोषणा गर्ने अन्तिम चरणमा पुगेको जनकारी गराउनु भएकोछ।यो भन्दा पहिला महागढीमाई नगरपालिका अन्तगत पर्ने हुलाकी सडकको छेउमा विभिन्न जातिका बिरुवा रोपिसकेकोछ। त्यस बिरुवालाई हिर्काउने बढाउने काम भइरहेको नगरप्रमुख यादवले बताए ।
बृक्षराणन कार्यक्रममा न १ का वडा सदस्य , राजनिती दलका नेता , कार्यकर्ता , समाजसेबी, नगरपालिकाको स्वास्थ शाखाको संयोजक बिजय कुश्वाहा ,जिन्सी शाखा रुस्तम अंसारी , रामबिश्वास चौरसिया र अन्य क्रमचारी क्रमचारी उपस्तिथि रहेको थिए।