मधेस प्रदेश सरकारको सहयोग र अस्पतालका मेडिकल सुरिटेन्डेडको काम गर्ने इच्छा शक्तिले कलैया प्रादेशिक अस्पतालबाट विरामीहरुलाई उपचार सेवा प्रवाह हुन थालेपछि विरामीहरुले राहत महसुस गर्न थालेका छन् । यसअघि लथालिङ अवस्थामा रहेको अस्पतालमा केही महिनायता डाक्टरहरु, स्वास्थ्य उपकरण, सामाग्रीहरु उपलब्ध भएपछि अस्पतालबाट विरामीहरुको चाप बढेको छ ।
अस्पतालमा अर्थो शल्यक्रिया, आकस्मिक सेवा, प्रयोगशालाको जाँच, डिजिटल र साधारण एक्सरे, भिडियो एक्सरे, आइस्यू, भेन्टिलेटर, भर्ना वार्ड र ओपीडीबाट उपचार सेवा पाउने विरामीहरुले खुसी व्यक्त गर्न थालेका छन् ।
अस्पतालमा अहिले दैनिक ४ सय सम्म विरामी पुग्ने गरेका छन् । अस्पतालका मेडिकल सुपरिटेन्डड गौरव महतोले प्रदेश सरकारको सरकारको सहयोग र सहमतिमा रिक्त दरबन्दीमाकरारमा पदपुर्ती गरेर जनशक्ति बढाइएकोले अस्पतालमा विरामीहरुले उपचार सेवा पाउन थालेको बताए । चिकित्सक, प्रयोगशालाका प्राविधिक, अनमि गरि ३१ जना करारमा पदपुर्ति गरिएको उनले बताए ।
८ जना एमडी र ४ जना एमबीबीएस भर्ना गरिएको छ । १९ जना अन्य दरबन्दीमा नियुक्ति गरिएको छ । यसैगरी भेन्टिलेटर, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे, मोनिटरलगायत अन्य स्वास्थ्य उपकरण तथा स्वास्थ्य सामाग्रीहरू प्रदेश सरकारले उपलब्ध गराएको महतोले बताए ।
प्रयोगशालामा थाइरोइडबाहेक सबै खाले रगत र पिशाबको स्तरीय जाँच प्रणलीबाट जाँच हुन थालेको प्रयोगशालाका प्राविधिक फुल महम्म्दलेबताए । गर्भवतीको जटिल शल्यक्रियालगायतको सेवा सहज उपलब्ध छ । अस्पतालमा सेवा लिनेको भीड लाग्न थालेको छ ।
५० शैय्याको यो अस्पतालमा ६ महिनाअघि एक जना एमडी चिकित्सक मात्र थिए । अहिले भने ८ जना एमडी, ७ जना एमबीबीएस छन् । अर्थोपेडिक, डेन्टल, प्रस्तुती विशेषज्ञहरु छन् । ८ शैय्याको आइस्यू छ । २ वटा भेन्टिलेटर छ । यस्तै इसीजी सेवा र हर्निया एपेन्डीसाइटिसको शल्यक्रिया हुन थालेको छ । कोभिड जाँच गर्ने पीसीआर मेसिन र मोनिटर उपलब्ध छ ।
अस्पतालमा चिकित्सक र प्राविधक हुनुले विरामीले सेवा पाइरहेका हुन् । फार्मेसी २४औं घण्टा खुलिरहेको छ । फार्मेसीमा ६५ प्रकारको औषधि उपलब्ध छ । नाक, कान, घाँटी, सर्जन, स्त्री तथा बाल रोग, रेडियोलोजिस्ट, फिजिसयन, अर्थोपेडिकलगायतका चिकित्सकहरु अहिले छन् ।
अक्सिजन प्लान्ट र डायलासिस सेवाको प्रयासमा रहेको महतोले बताए । अस्पतालमा ३ जना मात्र एमबीबीएस भएको ठाउँमा अहिले १९ जना सबै रोगका विशेषज्ञ चिकित्सक छन् ।फिजिसियन र सर्जन चिकित्सकसमेत थपिएकाले शल्यक्रियाको लागि विरामी बाहिर जान छाडेको छन् ।
अस्पतालमा सिसी क्यामरा, खाने पानी धारा र चापाकल जडान, सफासुग्घर शौचालय, ओपिडी बाहिर प्रतिक्षालयमा मनोरञ्जन तथा ज्ञान र मनोरञ्जनको लागि टिभी जडान गरिएको छ ।यस्तै पंखा, घडी, इन्भर्टर जडान गरिएको छ ।