सन्दिप यादव/
कलैया उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको ब्लु हेभेन नेपाल संस्थाको हलमा आयोजित अन्तरक्रिया कार्यक्रममा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रादेशिक अस्पताल कलैयाका डाक्टरले एचआईभी संक्रमित बिरामीलाई छुन मान्दैनन् ब्लु हेभेन नेपाल कलैयाकी कार्यक्रम संयोजक पुणर्िमा श्रेष्ठले बताइन । एचआईभी संक्रमितहरुसंग भेदभाव तथा लान्छना सम्बन्धि आयोजित पत्रकारसंग अन्तरक्रिया कार्यक्रममा संयोजक श्रेष्ठले बताइन ।
श्रेष्ठले एचआईभि बारे पढेलेखेका समाज देखि डाक्टरहरु समेत अनबिज्ञ हुनु दुःखद भएको बताईन । प्रादेशिक अस्पताल कलैयाका डाक्टरहरुसगं समेत सल्लाह लिन पुग्दा डाक्टरले एचआईभी संक्रमितलाई छुन नमानेको दुखेसो पोखिन ।
यसरी डाक्टरहरुले सिधै अन्त्य उपचार गराउन लग्नुस भनेको सुन्दा अचम्म लाग्ने गरेको बताउदै एचआईभी भएकाहरुले औषधि सेवन गरे सामान्य नागरिक सरह जीवन बाच्न सक्ने समेत उल्लेख गरेकी छन ।
एड्स लागेका ब्यक्तिलाई लान्छना भेदभाव अन्त्य कसरी गराउन सक्ने बिषयमा श्रेष्ठले जानकारी गराएकी छन । रुढीबादी परम्पराको अन्त्य कसरी गर्ने बताउदै एड्स रोग लाग्ने बितिकै मान्छे मर्ने हुदैन यसको औषधि छ निरन्तर सेवनले सामान्य जीवन बाच्न सक्ने श्रेष्ठले बताईन ।
एचआईभि जो कोहिलाई पनि लाग्न सक्छ भन्दै डक्टरहरुले समेत एच आई भि भएकालाई हेर्ने दृस्टीकोण गलत रहेको र यसलाई बदल्नु पर्ने बताईन । नकारात्मक ब्यवहारले संक्रमितहरुमा एनजाईटी,डिप्रेसनमा जाने अवस्था रहेको श्रेष्ठले बताएकी छन ।
श्रेष्ठले बारामा दुई सय जना नियमित एचआईभिको औषधि खान्छन जसमा पैंतालिस जना महिला समेत रहेको बताइन । बारामा हाल पाँच हजार समलिङ्गी तथा तेस्रो लिङ्गी रहेको जसमा पच्पन्न जना एचआईभी संक्रमित भएको जानकारी दिएकी छिन् ।
बारामा हाल जम्मा चार सय साठीको संख्यामा एचआईभी संक्रमितहरु रहेको समेत श्रेष्ठले बताए । गोपनियताको कारण अन्य जिल्लामा गएर पनि केहिले औषधि खाने गरेको श्रेष्ठले बताईन । बारामा एचआईभीका कारण अहिले सम्म सात जनाको ज्यान गुमाएको कार्यक्रम संयोजक श्रेष्ठले जानकारी दिए ।
आयोजक ब्लु हेभेन नेपाल कलैयाको आयोजनामा भएको कार्यक्रममा ब्लु हेभेन नेपाल कलैया संस्थाको सदस्य रोशनी थापा र सन्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।