यात्रुवाहक बस दुर्घटनाबाट १९ जना यात्रु घाईते

गढिमाइ खबर
91 पाठक संख्या पढ्न लाग्न समय 3 मिनेट
पढ्न लाग्न समय 3 मिनेट

जीतपुर : जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२२ अन्तरगतको सडकमा सोमबार बस दुर्घटनाबाट १९ जना यात्रु घाईते भएका छन् ।

सो सडक अन्तरगत तीन नम्बर पुल नजिक बिहान तीन वटा सवारी साधन एकआसपमा ठोक्किएर दुर्घटना हुँदा १९ यात्रु घाइते भएका हुन् ।

प्रहरीका अनुसार पोखरातर्फ जाँदै गरेको बसले विपरित दिशाबाट आउँदै गरेको बसलाई पछाडिबाट ठक्कर दिएको र उक्त बस अनियन्त्रित भएर सडक छेउमा रोकिराखेको लहरी ट्रकसंग ठोक्किन पुगेको हो ।

लहरी ट्रकसंग ठोक्किएको उक्त ग२ख १६५५ नम्बरको बस सडकबाट तल खस्न पुगेको थियो ।दुर्घटनामा उक्त बसमा सवार यात्रु घाइते भएका छन् । घाईतेको विभिन्न अस्पतालमा उपचार भईरहेको र अवस्था खतरामुक्त रहेको बारा प्रहरीले जनाएको छ ।

दुर्घटनाको खबर पाएलगत्तै ईलाका प्रहरी कार्यालय अमलेखगञ्जको प्रहरी टोली पुगेर घाइतेको उद्धार गरेको थियो ।घटनालगत्तै पथलैया–हेटौंडा सडकखण्ड सवारी आवागमन असहज बनेको थियो । दुर्घटनाग्रस्त सवारीसाधन हटाएसंगै उक्त सडकखण्ड अहिले पूर्णरुपमा सुचारु भएको छ ।

काकरभित्ताबाट पोखरातर्फ जाँदै गरेको ग२ख १६५५ नम्बरको बस, पोखराबाट रौतहटतर्फ आउँदै गरेको ग१ख ११५४ नम्बरको बस र पथलैयाबाट हेटौंडातर्फ कोइला लिएर गएको प्रदेश २–०३–००१ ख ५१८७ नम्बरको लहरी ट्रक एकआपमा ठोक्किएको हो ।

बारा प्रहरीले उपलब्ध गराएको घाइतेको विवरणः

१. बस चालक कास्की गाउँपालिका ७ का ४० वर्षीय बस चालक रविकुमार ताम्राकार

२. बसको सहचालक कास्कीका बासुदेव अधिकारी

३. तनहुँ भानु नगरपालिका ८ का ३० वर्षीय अनिलकुमार बस्नेत

४. ईलाममाई नगरपालिका ४ का ३१ वर्षीय राजेन्द्र सुनुवार

५. पाँचथर फिदिम गाउँपालिका ५ का ३२ वर्षीय खर्क सिंह तुमवापो

६. भारत भङकुराका ४६ वर्षीय विलाश दास

७. सप्तरी रुपनी गाउँपालिका ३ का २८ वर्षीय रवीन्द्र माझी

८. सप्तरी हलुवा गाउँपालिका १ का २० वर्षीय भरत ईश्वर

९. पाँचथर हिलेहाङ गाउँपालिका ६ का ६० वर्षीय बुद्धमाया याव

१०. सल्यान कालिमाटी गाउँपालिका ३ का २८ वर्षीया पुष्पा वली

११. इलाम सूर्यदैले नगरपालिका १२ की २२ वर्षीय मनिषा राई

१२. झापा दमक नगरपालिका १ का २० वर्षी निशा लिम्बु

१३. दोलखा विष्णु गाउँपालिका ५ का १० वर्षीय अनुराग खड्का

१४. भारत जिसिलोङका २५ वर्षीय रेशम थापा

१५. भारत जिसिलोङका २८ वर्षीय सागर क्षेत्री

१६. इलाम देवमाई नगरपालिका ८ का २९ वर्षीय दलबहादुर राई

१७. इलाम नगरपालिका १ का ३७ वर्षीय तेजबहादुर राई

१८. इलाम नगरपालिका १ का २७ वर्षीय संजिव राई

१९. खोटाङका ३२ वर्षीय टेकबहादु राई

साझा गर्नुहोस्