पर्सागढीबाट फरार प्रतिबादी पक्राउ

गढिमाइ खबर
142 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

पर्सागढी नगरपालिकाबाट शुक्रबार करणी सम्बन्धी मुद्दामा फरार एक जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ ।

अदालतमा चालु अवस्थामा रहेको करणी सम्बन्धी मुद्दामा फरार रहेका परिवर्तित नाम ३४ जिल्ला ०८०÷०८१ ( प. १ ) को जाहेरीले वादी नेपाल सरकार करणी सम्बन्धी चालु मुद्दाको फरार प्रतिवादीलाई पक्राउ गरिएको हो ।

पर्सागढी नगरपालिका–७ रघुनाथपुर बस्ने २० बर्षिय देवनरायण महरा चमारलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको हो ।

ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले पर्सागढी नगरपालिका–७ रघुनाथपुरबाट नै फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

पटेर्वा सुगौलीका प्रमुख प्रहरी निरीक्षक रामराजा केशरीका अनुसार चमारलाई मुद्दा सम्बन्धी आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको छ ।

साझा गर्नुहोस्